Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-11-25

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दैलेखका ३६ वर्षीय बाबुलाई मङ्सिर ९ गते गिरफ्तार गरेको छ ।पीडित बालिकालाई तीन वर्षदेखि पटकपटक बलात्कार गर्दै आएको र पछिल्लो पटक गत साउन २८ गते बलात्कार गरेको भनी पीडित पक्षले मङ्सिर ९ गते दिएको उजुरीका आधारमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी भुवनेश्वर साहले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर ९ गते दैलेख अस्पतालमा गरिएको डा. पूजा आचार्यले जानकारी दिनु भयो । घटनाको अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ ।बलात्कार घटनापछि आफू असुरक्षित भएको महसुस गरेपछि बालिका झण्डै साढे तीन महिनादेखि जिल्ला बाहिर आफन्तको संरक्षण बसेकी ती बालिकाले मङ्सिर ५ गते इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतमा पुगी घटना बारे खुलाएकी थिइन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पहलमा बालिकाको सुरक्षा र कानुनी उपचारका लागि एक संस्थाको महिला तथा बालबालिका सेवा केन्द्रमा राखिएको छ ।सेवा केन्द्रले पीडित महिला तथा बालबालिकालाई आपतकालिन आवास र कानुनी सहायता दिने गरेको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments