Incident Reports

निश्चल रायको मृत्यु रहस्यमय भएको भन्दै प्रदर्शन | Ratopati

2021-11-27

Province 1, Morang, Budhiganga, Ward 5

मोरङ बुढीगंगा गाउँपालिका–५ हात्तीमुढाका १४ वर्षीय निश्चल रायको रहस्यमय मृत्यु भएको हत्यारालाई सार्वजनिक गर्न माग गर्दै स्थानीय र आफन्तले प्रदर्शन गरेका छन् । घटना भएको दुई साता बितिसक्दा पनि प्रहरी प्रशासनले अनुसन्धानमा ढिलासुस्ती गरेको भन्दै स्थानीय र आफन्तले आज विराटनगरमा प्रदर्शन गरेको हुन् । उनीहरुले ‘पोष्टमार्टम रिर्पोट तत्काल सार्वजनिक गर’, ‘निश्चिल राय हत्यारालाई कारवाही गर’, ‘निश्चल रायलाई शहीद घोषणा गर’, ‘पीडित परिवारलाई उचित क्षतिपूर्ति दे’ लगायतका नारा लगाउँदै नगरको परिक्रमा गरेका थिए । माओवादी केन्द्र निकट अखिल नेपाल टे«ड युनियन महासंघका नेता तथा कार्यकर्ता समेत आफन्तको प्रदर्शनमा सहभागी भएका थिए । नेकपा माओवादी केन्द्र मोरङले बिहीबार मात्र एक प्रेस विज्ञप्ति जारी गर्दै छिटो अनुसन्धानलाई निष्कर्षमा पु¥याइ दोषी पक्राउ गरि घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गरेको थियो ।

निश्चलको रहस्यमय मृत्यु भएको दुई साता बितिसक्दा पनि प्रहरीबाट चित्तबुझ्दो जवाफ र कारण नदिएको, पोस्टमार्टमलगायतका रिपोर्टहरू संकलन नगरेको र घटनाप्रति गम्भीरता नदेखाउँदा पीडित परिवारमा थप पीडा थप्ने काम भएको विज्ञप्तिमा उल्लेख छ । कार्तिक २२ गते घरदेखि पाँच सय मिटर दक्षिण लिची बगैंचादेखि हराएका रायकोे तीन दिनपछि सिंघीया खोलामा मृत अवस्थामा भेटिएका थिए । मृतकका परिवारले रायका अनुसार निश्चलको छातीमा जुत्ताको डाम देखिनु, घाटी भाँचिएको, ओठ फुटेको र पेटमा सियोले रोपेको जस्तो प्वाल देखिएका कारण हत्या भएको दाबी गदै आएको छ । निश्चलको शव शङ्कास्पद अवस्थामा भेटिएकाले निश्पक्ष छानबिन गर्न प्रहरीसँग आफन्तले माग गदै आएको छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments