Incident Reports

मनहरी अस्पतालका कर्मचारी आन्दोलित, गाउँपालिकामा धर्ना - No. 1 news Portal of Mid Nepal…

2021-11-27

Bagmati, Makawanpur, Manahari, Ward 7

मनहरी : मनहरी गाउँपालिका ७ स्थित मनहरी अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारी गाउँपालिका विरुद्ध आन्दोलित भएका छन् ।

स्वास्थ्यकर्मी तथा सफाइ कर्मचारीहरुले ज्यानको जोखिम मोलेर कोभिड १९ को संक्रमणकालमा गरेको कामबापतको भत्ता उपलब्ध नगराएपछि अस्पतालमा कार्यरत २ जना डाक्टरसहित १९ जना स्वास्थ्यकर्मी र सफाई कर्मचारी आन्दोलित भएका हुन् । मेडिकल अधिकृत अन्जन जंग थापा र रिबेक सुनाम परिवारसहित स्वास्थ्यकर्मी र कर्मचारीहरु जोखिम भत्ता नदिएपछि चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् ।

मंसीर ९ गते बसेको कर्मचारी बैठकले भत्ता नपाइन्जेल कालोपट्टि लगाएर काम गर्ने, मंसीर १२ गते गाउँपालिकामा धर्ना दिने, कोभिड खोप स्थगन गर्ने, नियमित रिपोर्टिङ स्थगित गर्ने, गाउँपालिकािले मंसीर ११, १२ र १३गते स्वास्थ्यकर्मीका लागि आयोजना गरेको तालिम बहिस्कार गर्ने लगायतका निर्णयहरु गरेको हो ।

निर्णयबारे आन्दोलित कर्मचारी तथा स्वास्थ्यकर्मीहरुले गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मालाई पत्र लेखी जानकारी गराएका छन् । जानकारीको बोद्धार्थ, अध्यक्ष, उपाध्यक्ष, ७ नं वडा कार्यालय, इलाका प्रहरी कार्यालय र स्थानीय सञ्चार माध्यमको रुपमा मनहरी एफएमलाई समेत दिइएको छ ।

समयमै समस्याको हल नगरे थप आन्दोलनका कार्यक्रमहरु सार्बजनिक गरिने र अन्य स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई पनि आन्दोलनमा सहभागी हुन आह्वान गरिने प्रमुख प्रशासकीय अधिकृतलाई लेखिएको पत्रमा उल्लेख छ ।

पत्रमा २०७७ साल साउन महिनादेखि नै जोखिम भत्ता नपाएको उल्लेख छ । पटकक पटकको बैठक र छलफलमा आश्वासन मात्रै दिएर टार्ने काम भएको र स्वास्थ्यकर्मीको भावनमा ठेस पुगेको स्वास्थ्यकर्मीहरुले आरोप लगाएका छन्

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people N
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments