Incident Reports

निर्मला कुर्मी र नकुन्नी धोबीका लागि न्याय माग्दै अधिकारकर्मी अनिश्चितकालीन धर्नामा

2021-11-28

Bagmati, Kathmandu, Kathmandu, Ward 11

घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि अधिकारकर्मीहरू अनशनमा बसेका छन्। महिला अधिकार मञ्च बाँकेको अगुवाइमा माइतीघर मण्डलामा अधिकारकर्मी रुबी खानलगायतसहित पीडितका आफन्त रिले अनशनमा बसेका हुन् । पीडितले न्याय नपाएसम्म अनिश्चितकालीन धर्नामा बस्ने उनीहरूले बताएका छन् ।यसअघि पनि पीडितको न्यायका लागि भन्दै नेपालगन्जदेखि २० दिनको यात्रा गरेर काठमाडौं आइपुगेका पीडित पक्षका १५ जना र महिला अधिकारकर्मीहरूले माइतीघरमा धर्ना दिएका थिए ।

उनीहरूले निर्मला र नकुन्नी धोबी हत्या प्रकरण छानबिन समितिले पेस गरेको प्रतिवेदन सार्वजनिक गर्न तथा निर्मला कुर्मीको घटनामा सुरुदेखि अनुसन्धान गर्न माग गरेका छन्। यस्तै, बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएसपी मधुसुदन न्यौपानेले अभियुक्तलाई संरक्षण गरेको भन्दै उनीहरूलाई अविलम्ब विभागीय कारबाही गर्न पनि पीडित पक्षले माग गरेका छन्।


Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Women's Rights Activists
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments