Incident Reports

विद्यार्थीद्वारा विद्यालयमा तोडफोड र आगजनी

2021-12-04

Madhes, Bara, Mahagadhimai, Ward 10

शिवशङ्कर मिश्रबारा, मंङ्सिर १७ गते । परीक्षा स्थगित गरी विद्यालयमा राजनीतिक दलको चुनाव गरेको विरोधमा विद्यार्थीले विद्यालयमा तोडफोडसहित आगजनी गरेका छन् । बाराको महागढीमाई नगरपालिका १० गञ्जभवानीपुरस्थित रहेको भोला माध्यमिक विद्यालयका विद्यार्थीले टेबल, बेञ्च र कुर्सी तोडफोड गरी आगजनी गरेका हुन् ।मङ्सिर १२ गतेदेखि सुचारु परीक्षा स्थगित गरी बिहीबार बारा निर्वाचन क्षेत्र नम्बर–२ को नेपाली काँग्रेसको क्षेत्रीय चुनाव गर्न लागेको भन्दै कक्षा ६ देखि प्लस टुका बिद्यार्थीले करिब एक दर्जन टेबल, बेञ्च र कुर्सी तोडफोड गरी आगजनी गरेका बारा प्रहरीले जनाएको छ ।

परीक्षा स्थगित गरी राजनीतिक चुनाव गर्न लाग्दा एक दिन पहिले नोटिस वा सार्वजनिक सूचना प्रकाशित गर्नुपर्नेमा विद्यालयका प्राध्यानाध्यापक मोहनप्रसाद साह तेलीले त्यसो नगरेको भन्दै विद्यार्थीको समूह आक्रोशित भएर तोडफोड गरेको विद्यार्थीले बताएका छन् ।

विद्यालयमा राजनीतिक वा बिद्यार्थीलाई मर्का नपर्ने गरी शिक्षा ऐन लागु भए पनि स्थानिय नेताहरुले अहिले पनि विद्यालयलाई राजनीतिक अखड बनाएको भन्दै बिरोध भएको विद्यार्थी रामजी प्रसादले जानकारी दिनुभयो ।

विगत दुई वर्षदेखि विद्यार्थीको पढाइ (कोभिड–१९) कोरोना महामारीको कारण लथालिङ्ग हुँदैआएको र बल्लतल्ल पढाइ शुरु भए पनि नेताहरुको चुनावले विद्यार्थीको परीक्षा स्थगित गर्नु जायज नरहेको स्थानीय अभिभावक श्रीनारायण कुशवाहाले बताउनुभयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Weapons Fire
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people Not Available
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people Not Available
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth unknown
Total damaged Buildings 1
National/Online Media

0 Comments