Incident Reports

तुलसीपुरमा मेला-महोत्सवविरूद्ध व्यापारीको प्रदर्शन :: सेतोपाटी संवाददाता :: Setopati

2021-12-03

Lumbini, Dang, Tulsipur

तुलसीपुरमा हुन लागेको मेला-महोत्सवको विरोधमा व्यावसायीहरूले शुक्रबार प्रदर्शन गरेका छन्। फेन्सी व्यवसायी संघको नेतृत्वमा भएको विरोध प्रदर्शनमा तुलसीपुर उद्योग वाणिज्य संघले पनि ऐक्यबद्धता जनाएको छ। तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले आफूहरू व्यापारीको पक्षमा रहेको स्पष्ट पारे। कोरोना महामारीको तेस्रो भेरियन्ट ‘ओमिक्रोन’ भाइरसको संक्रमण फैलिरहेको बेलामेला-महोत्सव सान्दर्भिक नभएको तथामेला-महोत्सव स्थानीय व्यापारीको हकहित विपरित भएको हुँदा विरोधमा उत्रनु परेको व्यावसायी निरु बस्नेतले बताइन्। मंसिर, पुस, माघमा फेन्सी व्यापार धेरै हुने भन्दै मेला महोत्वसले आफ्नो व्यापार धरासायी बन्ने तर्क गरिन्।

‘अहिले लगालग विभिन्न संगठनहरूलेमेला-महोत्सव लगाउने तयारी गरिरहेका छन् र त्यसले हाम्रो व्यापार धरासायी बन्छ,’ उनले भनिन्, ‘कोरोना महामारीको लामो पीडाबाट भर्खरै तंग्रिन लागेको व्यापार अहिले नगरे हामीले कोठा भाडा तिर्न सक्ने अवस्था समेत रहँदैन।’

तुलसीपुरमा चन्द्र-सुर्य यातायात प्रालिले तुलसीपुर-६ बरुवागाउँमा मंसिर २३ गतेदेखि २९ गतेसम्म ‘प्रथम प्रादेशिक फेस्टिबल’ सञ्चालन गर्न लागेको छ। त्यस्तै नेकपा एमाले निकटको व्यापारिक संगठन तुलसीपुर चेम्बर अफ कमर्शले पुस १ गतेदेखि १२ गतेसम्म तुलसीपुरमै महोत्सव लगाउने तयारीमा जुटेको छ। उनीहरूलेमेला-महोत्सव लगाउन अधिकार सबैलाई भएको भन्दै नरोकिने निर्धारित कार्यक्रम नरोकिने बताउँदै आएका छन्। यता अधिकांस व्यावसायीहरू भने ती मेला रोकिनु पर्ने माग गर्देछन्। वाणिज्य संघको कार्यालयबाट सुरू भएको विरोध प्रदर्शन बजार परिक्रमा गरी तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा सकिएको थियो।

त्यहाँ व्यावसायीहरूले मेयर घनश्याम पाण्डेलाई ज्ञापन पत्र बुझाएका थिए। मेयर पाण्डेले शनिबार चन्द्र सुर्य यातायात प्राली र तुलसीपुर चेम्बर अफ कमर्सलाई बोलाएर छलफल गर्ने आश्वासन दिएको आन्दोलनका संयोजक तथा वाणिज्य संघका कार्य समिति सदस्य रुपेश शर्माले जानकारी दिए। उनले गत वर्ष नै तुलसीपुर उपमहानगरपालिकाले बनाएको कार्यविधिमा समेत विभिन्न संघसंगठनलाई आँफुखुसीमेला-महोत्सव लगाउन नदिने उल्लेख रहेको हुँदा कार्यविधि विपरितको काम स्वीकार्य नहुने चेतावनी दिए। ‘आज हामीले प्रदर्शन गरी तीन घन्टा नगरपालिकामै धर्ना दिएर भएपनि मेयरलाई संकलित एक हजार बढी हस्ताक्षर सहितको ज्ञापन पत्र बुझाएका छौं,’ शर्माले भने, ‘यदी मेयरले हाम्रो माग सम्बोधन नगरे हामी बजार बन्द लगायतका आन्दोलनहरू चरणबद्ध गर्न बाध्य हुनेछौं।’

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Chamber of Commerce and entrepreneur's associations
Actor 2 - Youth na
National/Online Media

0 Comments