Incident Reports

करार उप-प्राध्यापकलाई स्वत: स्थायी गर्ने त्रिविको निर्णयविरुद्ध विद्यार्थी आन्दोलित

2021-12-05

Bagmati, Kathmandu, Kirtipur

आंशिक तथा करार उप-प्राध्यापकलाई स्थायी गर्ने त्रिभुवन विश्वविद्यालयको निर्णय तत्काल खरेजको माग गर्दै विद्यार्थीहरु आन्दोलित भएका छन्। संयुक्त विद्यार्थी संगठनमा आवद्ध विद्यार्थीहरुले करार प्राध्यापकलाई स्थायी गराउने निर्णय तत्काल खारेज गर्नुपर्ने माग गरेका छन्। १४ मंसिरमा बसेको त्रिवि सभा बैठकले १० वर्षदेखि करारमा रहेका उप-प्राध्यापक र कर्मचारीलाई स्थायी गराउने निर्णय गरेको थियो। विद्यार्थीहरुले करार उप-प्राध्यापकलाई स्वत: स्थायी गर्ने निर्णय तत्काल खारेज गर्नुपर्ने, त्रिवि सेवाद्वारा विज्ञापन गरिएका खुला प्रतिष्प्रर्धाबाट हुने छनोट प्रक्रियाको परीक्ष मिति तत्काल तोकिनुपर्ने, आशिंक उप-प्रध्यापकहरुलाई स्वत: करार गर्ने प्रक्रिया त्रिविले अगाडि बढाइरहेको हुँदा उक्त प्रक्रिया तत्काल रोक्नुपर्ने, त्रिविको शैक्षिक क्यालेन्डर अनुसार लामो समयदेखि रोकिएको स्ववियु निर्वाचन प्रक्रिया यही फागुन १४ गते सम्पन्न हुनेगरी समय तालिका सार्वजनिक गर्नुपर्नेलगायतका माग गर्दै उनीहरु आन्दोलित भएका हुन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments