2021-12-06
रौतहट । मोटरसाइकलले ठक्कर दिदा रौतहटको दुर्गाभगवती गाउँपालिकामा एक जनाको मृत्यु भएपछि स्थानीयले प्रदर्शन गरेका छन् । ठक्कर दिएर भागेको व्यक्तिलाई प्रहरीले न समातेको भन्दै स्थानीय प्रदर्शनमा उत्रिएका हुन् । मोटरसाइकलको ठक्करबाट दुर्गा भगवती गाउँपालिका–३ का १६ वर्षीय सन्तोष कुमार झाको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकलाई प्रहरीले भगाएको पिडित पक्षको आरोप रहेको छ । शनिवार दिउँसो करिब ३ बजेको समयमा पहिचान नखुलेको मोटरसाइकल चालकले साइकल चालक झालाई ठक्कर दिएर फरार भएका थिए । ठक्कर कारण साइकल यात्रुको उपचारको क्रममा मृत्यु भएको थियो । घटनापछि जनप्रतिनिधीले र प्रहरीले कुनै कार्वाही नगरेको भन्दै स्थानीय सोमवार आन्दोलित भएका छन् । जिल्लाको गौर–गंगापिपर सडक अबरुद्ध गरि स्थानीय प्रदर्शन गरि रहेका छन् । घटना भएपछि आँफुलाई कसैले खबर नगरेको र पछि गएर आफुलाई सो घटना बारे पत्ता लागेको ईलाका प्रहरी कार्यालय दुर्गाभगवतीका प्रवत्ता उपेन्द्र यादवले बताए । उनका अनुसार सिसिटिभीको भिडियो हेर्दा मोटरसाइकल र नम्बरको अझै पहिचान हुन नसकेको छैन । दुर्गाभगवती गाउँपालिका ३ मा अवस्थित सरस्वती माध्यमिक विद्यालय नजिक शनिवार मोटरसाइकले ठोक्कर दिदाँ एक जना स्थानीय साइकल चालकको काठमाण्डौंमा उपचारको क्रममा मृत्यु भएको थियो । दोषीलाई कार्वाहीको माग गदै स्थानीयहरु सडकअबरुद्ध गरि प्रदर्शन गरिरहेका छन् ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Demonstration |
Primary Cause | Extra-judicial response to traffic accidents |
Actor 1 - Number of people | n/a |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Government and civil servants at central level |
Actor 2 - Youth | unknown |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD