Incident Reports

विदेशी विश्वविद्यालयमा एमबीबीएस गरिरहेकाले सम्बन्धित देशमै पढाइ पूरा गर्नुपर्ने निर्णयविरुद्ध विद्यार्थीहरु आन्दोलित- समाचार - कान्तिपुर समाचार

2021-12-06

Bagmati, Kathmandu, Kathmandu, Ward 11

काठमाडौँ — सन् २०१५ र २०१६ ब्याचका चीनमा एमबीबीएस अध्ययरनत विद्यार्थीहरुले स्वदेशमै बसेर इन्टर्नसीप पूरा गर्नुपर्ने माग राख्दै सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । उनीहरुले विश्वविद्यालय फर्किन नपाएको भन्दै अघिल्लो ब्याच जस्तै स्वदेशमै बसी पढाइ पूरा गर्नुपर्ने माग राख्दै सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरे ।सरकारले विद्यार्थीहरुलाई सम्बन्धित विश्वविद्यालयमा नै उपस्थित भई निरन्तरता दिनका लागि सम्बन्धित सरकारसमक्ष उच्चस्तरमा कूटनीतिक पहल गर्ने निर्णय गरेको थियो । निर्णयको विरोधमा विद्यार्थीहरुले शनिबार निर्णयसहितको कागज पनि पशुपतिनाथ मन्दिरमा जलाएका थिए ।यसअघि सरकारले सन् २०१४ मा चीनमा अध्ययन पूरा गरी इन्टर्नसीप बाँकी भएका नेपाली विद्यार्थीहरुलाई स्वदेशै इन्टर्नसीप गर्ने व्यवस्था मिलाएको थियो ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments