Incident Reports

क्याम्पसको ४५ करोडको जग्गा मोहीको नाममा परेपछि विद्यार्थी आन्दोलित- प्रदेश १ - कान्तिपुर समाचार

2021-12-06

Province 1, Sunsari, Inaruwa

सुनसरी — करिब ४५ करोड मुल्यको जग्गा विवादको फैसलामा मोहीको नाममा सार्न सुनसरीको इनरुवास्थित भूमि सुधार तथा मालपोत कार्यालयले फैसला गरे पनि धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीहरू आन्दोलित बनेका छन् । क्याम्पस प्रसासनले आफ्नो जग्गा संरक्षण गर्न नसकेको भन्दै विद्यार्थीहरूले सोमबार क्याम्पस प्रमुख दामोदर भण्डारीको कुर्सी नै जलाइदिए । विद्यार्थीहरूले भण्डारीको बन्द रहेको कार्यकक्ष पस्ने ढोकाको ताला फोडेर कुर्सी बाहिर ल्याई जलाएका थिए ।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी, संघीय लिम्बूवान मञ्चका विद्यार्थी कार्यकर्ताले क्याम्पसको जग्गा संरक्षण गर्न भन्दै संघर्ष समितिसमेत बनाएका छन् । विद्यार्थी नेता बुद्रोस लिम्बूले वारेसमार्फत् क्याम्पस प्रशासनले तारेख बुझेको र ३ पटक पेशी तोकिँदा पनि वकिल पठाएर बहस नगर्दा प्रशासन र क्याम्पस प्रमुखमाथि नै प्रश्न चिन्ह खडा भएको बताए ।

उनले क्याम्पस प्रशासन, जनप्रतिनिधि र भूमाफियाबीच मिलेमतो भएको आरोप लगाए । अर्धन्यायिक निकाय भूमिसुधार कार्यालयले मृत्यु भइसकेका मोही डम्बरबहादुर घिमिरेको नामको मोही उनको हकवालाको नाममा नामसारी गर्ने फैसला गत असोज २५ गतेनै गरेको भए पनि क्याम्पस प्रशासनले बेवास्ता गर्दा विद्यार्थीहरूले भने दुई दिनअघि मात्र जानकारी पाएका थिए । क्याम्पसको स्वामित्वमा रहेको जग्गा धरान– ११ स्थित स्वस्तीक चोकमा कित्ता नम्बर २६६ रहेको १७ कठ्ठा १८ धुर जग्गा विवाद लामो समयदेखि चल्दैआएको छ । धरानका श्याम गोविन्द श्रेष्ठको नाममा रहेको उक्त जग्गा ०३४ सालमा महेन्द्र बहुमुखी क्याम्पसको नामसारी गरिएको थियो । नामसारी गर्दा श्रेस्तामा मोही डम्बरबहादुर घिमिरे थिए ।

त्यसबेला श्याम गोविन्दले मोही घिमिरेलाई चित्त बुझाएर जग्गा खरिद बिक्री गरे पनि मालपोतले लगतकट्टा नगर्न घिमिरेको मृत्यु भइसकेको अवस्थामा ३ वर्षअघि मृतक घिमिरेका छोरा यज्ञबहादुर क्षेत्रीले भूमिसुधार कार्यालय इनरुवामा मोही हक नामसारीको निवेदन दिएका थिए ।

उनको निवेदनपछि क्याम्पसले मोही लगतकट्टाको निवेदन दिएको थियो । तर भूमिसुधारले गत असोज २५ गते मोहीको हक छोरा यज्ञबहादुरको नाममा नामसारी गरिदिने फैसला गरेको थियो । भूमिसुधारको फैसाल अनुसार जग्गाको ५० प्रतिशत मोहीले पाउँछ । उक्त जग्गाको हालको मूल्य करिब ४५ करोड रुपैयाँ पुग्छ ।

क्याम्पसको सार्वजनिक सम्पत्तिलाई भूमाफियाको मिलोमतोमा भूमिसुधार कार्यालयले दिएको आदेशसँगै क्याम्पसको जग्गा हडप्न भूमिका खेल्ने जनप्रतिनिधि र भूमाफियाका विरुद्धमा आन्दोलनको घोषणा गरेको नेविसंघका विनोद आलेले बताए ।

निवर्तमान स्ववियू सभापति सागर चेम्जोङले क्याम्पस प्रशासन र क्याम्पस प्रमुख भण्डारीकै कमजोरीले क्याम्पसको स्वामित्वमा रहेको करोडौंको जग्गा गुम्ने अवस्थामा पुगेको बताए । उनले क्याम्पस प्रशासनलाई जिम्मेवार बनाउन विद्यार्थीहरूले आन्दोलन गर्नुपरेको बताए । उक्त फैसला विरुद्ध क्याम्पस प्रशासनले उच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरेको छ ।

जग्गा विवाद सम्बन्धी कानूनी सल्लाहका लागि काठमाडौंमै रहेका क्याम्पस प्रमुख भण्डारीले भने, ‘क्याम्पसको जग्गा संरक्षण गर्नकै लागि भनेर मैले त्रिभूवन विश्वविद्यालयका कानुनी सल्लाहकार, स्वतन्त्र कानुन व्यवसायीहरूसँग परामर्श लिइरहेको छु । विद्यार्थीहरूले बेलैमा किन जानकारी भएन भनेर आन्दोलित भएका हुन् । भूमिसुधारले फैसला गरेलगत्तै विदा भयो । जानकारी दिन पाइएन ।’ कानुन व्यवसायीहरूले भूमिसुधार कार्यालयले गरेको फैसला वदनियतपूर्ण रहेको आफूलाई बताएकाले सोही अनुसार फैसला विरुद्ध उच्च अदालत जाने तयारी गरिरहेको बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Weapons Homemade/traditional firearms
Primary Cause Access/control of public land
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments