Incident Reports

बढी शुल्क लिएको भन्दै मणिपालमा अनेरास्ववियुको तालाबन्दी – Online Khabar

2021-12-06

Gandaki, Kaski, Pokhara Lekhnath

२० मंसिर, पोखरा । बढी शुल्क असुलेको भन्दै पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा नेकपा एमालेको विद्यार्थी सगठन अनेरास्ववियुले तालाबन्दी गरेको छ । चिकित्सा शिक्षामा मनोमानी बढेको भन्दै चिकित्सा शिक्षा आयोगले २ वर्षअघि मूल्य निर्धारण गरेको थियो । उक्त नियमअनुसार एमबीबीएस पढ्न काठमाडौं उपत्यकाभित्र ४० लाख र उपत्यका बाहिर ४४ लाख रुपैयाँ तोकेको थियो । तर मणिपालले भने विभिन्न बहानामा विद्यार्थीसँग ६ लाख रुपैयाँसम्म बढी लिएको विद्यार्थीले आरोप लगाएका छन् । ‘चिकित्सा आयोगले नै फलानो फलानो शीर्षकमा यतिउति शुल्क लिनु भनेको छ । तर, मणिपालले भने आफूखुसी लिएको छ,’ मणिपालमा अध्ययनरत एक विद्यार्थीले नाम नखुलाउने शर्तमा भने । चिकित्सा शिक्षाकै अर्का एकजना विद्यार्थीले मणिपालले चिकित्सा आयोगले व्यवस्था गरेभन्दा फरकफरक शीर्षकमा शुल्क असुलिरहेको जानकारी दिएका छन् । ती विद्यार्थीका अनुसार अघिल्लो वर्षसम्म छात्राबास अनिवार्य नभएको र छात्राबासमा पनि समूहमा बस्ने व्यवस्था थियो । तर, यस वर्ष भने नर्सिङका विद्यार्थी नआएपछि अनिवार्य छात्राबासको व्यवस्था गरेर जबर्जस्ती लादिएको आरोप लगाए । ‘रुम शेयर गरेर बस्छौं भन्दा पनि छूट दिएका छैनन् । अनिवार्य गरिएको छात्राबासकै लागि हामीले वर्षमा डेढ लाखभन्दा बढी अनावश्यक शुल्क बुझाउनु परेको छ,’ ती विद्यार्थीले भने, ‘त्यसबाहेक हामीसँग सेक्युरिटी डिपोजिट पनि मागिरहेका छन् ।’ विद्यार्थीले आफूहरुलाई डिनसँग कुराकानी गर्नसमेत नदिएको आरोप लगाएका छन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments