Incident Reports

फोहोर नउठाएको नगर प्रमुखको पुत्ला दहन | Ratopati

2021-12-06

Madhes, Dhanusha, Janakpur

सीताराम विवाह पञ्चमी महोत्सव भित्रिसक्दा समेत जनकपुरधाम उपमहानगर क्षेत्रमा सरसफाई नभएको भन्दै जनप्रतिनिधिहरुले नगर प्रमुख लालकिशोर साहको पुत्ला दहन गरेका छन् । सीताराम विवाहपञ्चमी महोत्सवको पूर्वसन्ध्यामा भगवानको डोला लिएर परिक्रमा गर्ने मार्ग नै सरसफाई नभएको र श्रद्धालु भक्तजनलाई कठिनाई भए पनि महानगरले सरसफाईमा ध्यान नदिएपछि विरोधस्वरुप नगर प्रमुखको पुत्ला दहन गरिएको हो । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जानकीराम साहले एक महिनापूर्व नै नगर प्रमुख साहलाई सरसफाईका लागि जानकारी गराउँदा समेत फोहोर नहटाएकाले बाध्य भएर पुत्ला दहन गरेको बताए । उनले जनकपुरधाम वडा नम्बर ७ र ४ मा एक महिनादेखि फोहोर उठाउनका लागि उपमहानगरले गाडी नपठाएको बताए । जानकी मन्दिरको पहलमा जनकपुरधाम उपमहानगरका प्रमुख लालकिशोर साहले विवाह पञ्चमीको अवसरमा सरसफाई अभियान चलाए पनि विभिन्न सडकमा फोहोरको डंगुर थुपारिएकै छ । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments