2021-12-06
लमजुङ — एक जना सुस्त मनस्थितिका महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा लमजुङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बेंसीसहर नगरपालिका १० का ४१ वर्षीय हरिबहादुर गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । डीएसपी कृष्णबहादुर कार्कीका अनुसार राइनास नगरपालिकाका फरक क्षमता (शारीरिक र मानसिक अस्वस्थ)की युवतीलाई जaर्जस्ती करणी गरेको आरोपमा युवकलाई सोमबार राति पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको छ ।राइनास क्षेत्रमा सामान्य ठेक्कापट्टा गर्दै आएका गुरुङले ती युवतीलाई बस्ती क्षेत्रबाट जंगलतर्फ लगेर जबर्जस्ती करणी गरेको आरोप लागेको छ । ‘हामीलाई राति साढे ७ बजेतिर खबर आयो । घटनास्थलतर्फ गएर सुरुमा पीडितलाई उद्धार गरी ल्यायौं । त्यसपछि आरोपितलाई खोजी गरेर पक्राउ गरी रातारात ल्यायौं,’ डीएसपी कार्कीले भने । उनका अनुसार दुवै जनाको स्वास्थ्य परीक्षण गरिएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर जगदिश रेग्मीका अनुसार ती पुरुषविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गरेर थप अनुसन्धान थालिएको छ । उनले जिल्ला अदातलतबाट म्याद थप गराएर अनुसन्धान थालिएको बताए ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Rape |
Weapons | None |
Primary Cause | Rape/sexual assault |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | noyouth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | unknown |
Total Raped | 1 |
Female Raped | 1 |
Youth Raped | n/a |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 MARCH 1 - 15, 2021
March 25, 2021
GBV / Governance / Covid-19