Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-01-15

Bagmati, Sindhupalchok, Indrawati, Ward 4

२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा इन्द्रवती गाउपालिका–४ नवलपुरका ३५ वर्षीय ज्ञाने लामालाई प्रहरीले ०७८ मङ्सिर २१ गते काठमाडौँको गोकर्णेश्वर नगरपालिकाबाट गिरफ्तार गरेको छ । पीडितलाई ०७७ माघ २ गते घरमा बसेका बेलामा बलात्कार प्रयास गरेको पीडितपक्षको आरोप छ । पीडितले आरोपितविरुद्ध ०७७ माघ ५ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएको इलाका प्रहरी कार्यालय नवलपुरका इन्स्पेक्टर रमेशकुमार श्रेष्ठले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण ०७७ माघ ५ गते प्राथमिक अस्पताल नवलपुरमा गरियो । घटनापछि फरार भएका आरोपित लुकिछिपि बसेको अवस्थामा काठमाडौँबाट गिरफ्तार गरिएको  इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर श्रेष्ठले बताउनु भयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments