Incident Reports

हत्या अभियोगमा ४ जना पक्राउ- वाग्मती - कान्तिपुर समाचार

2021-12-07

Bagmati, Nuwakot, Panchakanya

नतिजा हेर्नको लागि लगइन गर्नुहोस् ।

काठमाडौँ — नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ राहुटारका सुमन थापाको हत्यामा संलग्न रहेको अभियोगमा मंगलबार राति चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले पक्राउ पर्नेहरूलाई सार्वजानिक भने गरेको छैन । पक्राउ गरेसँगै थापाको शव परीक्षण (मोस्टमार्टम)का लागि त्रिशूली अस्पतलामा ल्याइएको छ । बा २ ख ६५८७ नम्बरको बसमा सहचालकका रूपमा कार्यरत २० वर्षीय थापाको सोमबार राति नुवाकोटको शिवपुरी गाउँपालिका–१ तलाखुमा शव भेट्टिएको थियो ।

हत्यामा संलग्न व्यक्तिको पक्राउ माग गर्दै पीडित परिवारले मङ्गलबार दिनभर उक्त क्षेत्रमा विरोध प्रदर्शन गरेका थिए । पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

उनका अनुसार उनी कार्यरत बसमा रगत लत्पतिएको छ भने त्यसभन्दा करिब ४०० मिटर टाढाको दूरीमा शव पाइएको थियो । उक्त बसका चालकसहित चारजनालाई प्रहरीले पक्राउ गरेर कारबाहीका लागि अनुसन्धान सुरु गरेसँगै पीडित परिवारले विरोधका कार्यक्रम स्थगन गरेका छन् ।

काठमाडौँ — प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले मापदण्डविपरीत भर्ना खोलिएका १५ नर्सिङ कलेजको भर्ना रद्द गर्ने निर्णय गरेको छ । सीटीईभीटीले दुई साताअघि पीसीएल नर्सिङमा ४५ कलेजमा भर्ना खुलाएको थियो ।

आफ्नै एक सय शय्याको अस्पताल नभएको र स्नातक तहमा नर्सिङ पठनपाठन गराउने शिक्षण संस्थाले प्रमाणपत्र तहमा नर्सिङ अध्यापन गराउन नपाउने चिकित्सा शिक्षा ऐनमा व्यवस्था छ । तर, ऐनको प्रावधानविपरीत सीटीईभीटीले स्नातक तहमा नर्सिङ पठनपाठन गराउने कलेजमा पनि प्रमाणपत्र तहको नर्सिङ भर्ना खुलाउने निर्णय गरेको थियो । सीटीईभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारी र सदस्यसचिव जीवनारायण काफ्लेले निजी कलेजको मिलेमतोमा ऐनविपरीत भर्ना आह्वान गरेका थिए । त्यसको चौतर्फी विरोध भएपछि भर्ना रद्द गर्ने निर्णय गरिएको हो । त्यससम्बन्धी सूचना बुधबार प्रकाशित हुने सीटीईभीटी परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । मापदण्डविपरीत भर्ना खोलेको भन्दै चिकित्सा शिक्षा आयोगले भर्ना रोक्न निर्देशन दिएको थियो । तर सीटीईभीटीले ऐन नै परिवर्तन गर्नुपर्ने अडान राख्दै मापदण्ड पुगेका शिक्षण संस्थाको समेत भर्ना रोकेर राखेको थियो । जसका कारण अन्य विषयको पठनपाठन सुरु भइसक्दा मापदण्ड पुगेका शिक्षण संस्थामा नर्सिङको प्रवेश परीक्षासमेत हुन सकेको छैन । ऐनको मापदण्डका कारण नर्सिङ पठनपाठन हुने सीटीईभीटीका १ सय ९ मध्ये अधिकांश शिक्षण संस्थाले पठनपाठन गर्न नपाउने भएका छन् ।यसैबीच, मापदण्ड पुगेका नर्सिङ कलेजको भर्ना प्रक्रिया अलपत्र छाडेर सदस्यसचिव काफ्ले भने विदेश भ्रमणमा निस्केका छन् । मंगलबार उनी सीटीईभीटीको समकक्षता परियोजना अन्तर्गतको कार्यक्रममा सहभागी हुन ७ सदस्यीय टोलीको नेतृत्व गर्दै माल्दिभ्स उडेका हुन् । स्रोतका अनुसार आइतबार नै सीटीईभीटीले १५ कलेजको भर्ना स्थगित गर्ने निर्णय गरेको थियो । तर निजी मेडिकल कलेज सञ्चालकको दबाबले भर्ना रद्दको सूचना सार्वजनिक नगरी सदस्यसचिव काफ्ले विदेश उडेको एक कर्मचारीले बताए । शिक्षामन्त्री देवेन्द्र पौडेलले मापदण्ड पुगेका नर्सिङ कलेजमा मात्र भर्ना खोल्न निर्देशन दिएका थिए । तर उपाध्यक्ष अधिकारी र सदस्यसचिव काफ्लेले मन्त्रीको निर्देशन अवज्ञा गरेर त्यतिबेला मापदण्ड नपुगेका संस्थामा समेत भर्ना आह्वान गरेका थिए । त्यसकारण सीटीईभीटी र शिक्षामन्त्रीको सम्बन्ध चिसिएको थियो ।सीटीईभीटीको निर्णयबाट चिढिएका शिक्षामन्त्री पौडेललाई ‘खुसी पार्न’ काफ्लेले निजी सचिव तथा मन्त्रालयका उपसचिव कुलप्रसाद खनाल र प्रेस सहयोगी विमल खड्कालाई पनि माल्दिभ्सको भ्रमणमा लगेको स्रोतले जनायो । निमित्त सदस्यसचिव टेकबहादुर मल्लले सदस्यसचिव काफ्लेको टोली शुक्रबारसम्मका लागि विदेश भ्रमणमा गए पनि को–को सहभागी रहे भन्नेबारे आफूलाई थाहा नभएको जनाए । स्रोतका अनुसार भ्रमणमा अनुगमन अधिकृत बृजेश बस्नेत, परियोजना निर्देशक दीपक पौडेल, परियोजना संयोजक गेहेन्द्र कार्की, पोखरा प्राविधिक शिक्षालयका प्रमुख हर्कलाल श्रेष्ठ पनि सहभागी छन् । मापदण्ड नपुगेका संस्थाको भर्ना स्थगित गर्ने निर्णय भए पनि उपाध्यक्ष अधिकारी र सदस्यसचिव काफ्लेको ऐन नै परिवर्तन गरेर नर्सिङ पठनपाठन गराउनुपर्ने ढिपीले अभिभावक र विद्यार्थी अन्योलमा छन् । सीटीईभीटीले मापदण्डविपरीत भर्ना खोलेका कलेजमा पनि विद्यार्थीले भर्नाका लागि शुल्क बुझाएर आवेदन दिएका छन् । तिनको आवेदन के हुने भन्ने टुंगो नलाग्दै सदस्यसचिव विदेश भ्रमणमा निस्केको भन्दै सीटीईभीटीका कर्मचारीले असन्तुष्टि जनाएका छन् । ऐनविपरीत भर्ना खोलेर विद्यार्थी अलपत्र पार्ने पदाधिकारीलाई कारबाही गर्नुको साटो शिक्षामन्त्री पौडेलले उनीहरूको साथमा आफ्ना सहयोगीलाई विदेश भ्रमणमा पठाएका हुन् । भ्रमणमा शिक्षा मन्त्रालयका प्राविधिक शिक्षा महाशाखाका कर्मचारीलाई भने सहभागी गराइएको छैन ।

सीटीईभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारी र सदस्यसचिव जीवनारायण काफ्लेले निजी कलेजको मिलेमतोमा ऐनविपरीत भर्ना आह्वान गरेका थिए । त्यसको चौतर्फी विरोध भएपछि भर्ना रद्द गर्ने निर्णय गरिएको हो । त्यससम्बन्धी सूचना बुधबार प्रकाशित हुने सीटीईभीटी परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । मापदण्डविपरीत भर्ना खोलेको भन्दै चिकित्सा शिक्षा आयोगले भर्ना रोक्न निर्देशन दिएको थियो । तर सीटीईभीटीले ऐन नै परिवर्तन गर्नुपर्ने अडान राख्दै मापदण्ड पुगेका शिक्षण संस्थाको समेत भर्ना रोकेर राखेको थियो । जसका कारण अन्य विषयको पठनपाठन सुरु भइसक्दा मापदण्ड पुगेका शिक्षण संस्थामा नर्सिङको प्रवेश परीक्षासमेत हुन सकेको छैन । ऐनको मापदण्डका कारण नर्सिङ पठनपाठन हुने सीटीईभीटीका १ सय ९ मध्ये अधिकांश शिक्षण संस्थाले पठनपाठन गर्न नपाउने भएका छन् ।

यसैबीच, मापदण्ड पुगेका नर्सिङ कलेजको भर्ना प्रक्रिया अलपत्र छाडेर सदस्यसचिव काफ्ले भने विदेश भ्रमणमा निस्केका छन् । मंगलबार उनी सीटीईभीटीको समकक्षता परियोजना अन्तर्गतको कार्यक्रममा सहभागी हुन ७ सदस्यीय टोलीको नेतृत्व गर्दै माल्दिभ्स उडेका हुन् । स्रोतका अनुसार आइतबार नै सीटीईभीटीले १५ कलेजको भर्ना स्थगित गर्ने निर्णय गरेको थियो । तर निजी मेडिकल कलेज सञ्चालकको दबाबले भर्ना रद्दको सूचना सार्वजनिक नगरी सदस्यसचिव काफ्ले विदेश उडेको एक कर्मचारीले बताए । शिक्षामन्त्री देवेन्द्र पौडेलले मापदण्ड पुगेका नर्सिङ कलेजमा मात्र भर्ना खोल्न निर्देशन दिएका थिए । तर उपाध्यक्ष अधिकारी र सदस्यसचिव काफ्लेले मन्त्रीको निर्देशन अवज्ञा गरेर त्यतिबेला मापदण्ड नपुगेका संस्थामा समेत भर्ना आह्वान गरेका थिए । त्यसकारण सीटीईभीटी र शिक्षामन्त्रीको सम्बन्ध चिसिएको थियो ।

मापदण्ड नपुगेका संस्थाको भर्ना स्थगित गर्ने निर्णय भए पनि उपाध्यक्ष अधिकारी र सदस्यसचिव काफ्लेको ऐन नै परिवर्तन गरेर नर्सिङ पठनपाठन गराउनुपर्ने ढिपीले अभिभावक र विद्यार्थी अन्योलमा छन् । सीटीईभीटीले मापदण्डविपरीत भर्ना खोलेका कलेजमा पनि विद्यार्थीले भर्नाका लागि शुल्क बुझाएर आवेदन दिएका छन् । तिनको आवेदन के हुने भन्ने टुंगो नलाग्दै सदस्यसचिव विदेश भ्रमणमा निस्केको भन्दै सीटीईभीटीका कर्मचारीले असन्तुष्टि जनाएका छन् । ऐनविपरीत भर्ना खोलेर विद्यार्थी अलपत्र पार्ने पदाधिकारीलाई कारबाही गर्नुको साटो शिक्षामन्त्री पौडेलले उनीहरूको साथमा आफ्ना सहयोगीलाई विदेश भ्रमणमा पठाएका हुन् । भ्रमणमा शिक्षा मन्त्रालयका प्राविधिक शिक्षा महाशाखाका कर्मचारीलाई भने सहभागी गराइएको छैन ।

महिला अधिकार मञ्च, बाँकेका रुबी खानलगायत १४ जनाको समूह निर्मला कुर्मी र नन्कुन्नी धोबीको न्यायका लागि केही समययता निरन्तर संघर्षरत छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments