Incident Reports

पर्साको पटेर्वा सुगौली गाउँपालिकामा भ्रष्टाचार बढेको भन्दै युवकले थाले आमरण अनशन

2021-12-06

Madhes, Parsa, Paterwasugauli

वीरगंज : पर्साको पटेर्वा सुगौली गाउँपालिकामा अनियमितता, बेथिति र कुशासन बढेको भन्दै एक युवकले आमरण अनशन शुरु गरेका छन्। पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ३ बस्ने कृषिमा डिप्लोमा गरेका रामजन्म चौधरीले तीन दिनदेखि अमरण अनशन बसेका हुन्।

फरहादवामा रहेको गाउँपालिका कार्यालय अगाडि उनले अनशन शुरु गरेका छन्। गत बुधवारदेखि आइतवारसम्म दैनिक रुपमा विभिन्न माग राख्दै धर्ना दिँदै आएको र मागप्रति गाउँपालिका तथा जनप्रतिनिधिहरुले बेवास्ता गरेपछि उनले गएको सोमवार बिहानदेखि निरन्तर आमरण अनशनमा बसेको बताएका छन्।

गाउँपालिकाका कर्मचारीहरु समयमा कार्यालयमा उपस्थित भइ काम गर्नुपर्ने, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवको सरुवा गर्नुपर्ने, पछिल्लो चार वर्षको गाउँपालिकामा भएको विकास कार्यको उपलब्धीबारे गाउँपालिकावासीलाई जानकारी गराउनु पर्ने उनका माग छन्।

त्यस्तै, गाउँपालिका अन्तर्गत रहेको विभिन्न खेलका खेलाडीहरुका लागि खेलमैदान, प्रतियोगिता, प्रशिक्षकको व्यवस्था, तलब भत्ता तथा खान बस्ने व्यवस्था गर्नुपर्ने, कृषिलाई आधुनिकीकरण गर्न मल खाद तथा उपकरणहरुको सुविधा दिइनु पर्ने, हरेक वडामा एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने, एक वर्षअघि भएको गाउँपालिका र स्थानीय युवाबीचको सम्झौतालाई कार्यान्वयन गर्नुपर्ने, विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था मिलाउनु पर्नेलगायत १० सुत्रीय माग राखेर उनी अनशन बसेको जानकारी गराएका छन्।

अनशन बसेको तीन दिन बितिसक्दा पनि कुनै जनप्रतिनिधिहरुले चासो नदिएको बताउँदै उनले आफ्नो मागप्रति गाउँपालिका र जनप्रतिनिधि उदासिन बनेको आरोप लगाएका छन्। उनले आफ्नो सास रहेसम्म गाउँपालिकाको गलत कामको विरोध जारी राख्ने चेतावनी दिए।

यस विषयमा गाउँपालिका उपाध्यक्ष ममता महतोले युवकको मागप्रति आफ्नो समर्थन रहेको बताइन्। उनले गाउँपालिका अध्यक्षलाई चाडै युवकको माग सम्बोधन गरी आमरण अनशनल स्थगित गर्न सुझाव दिइन्।




Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Primary Cause Other governance issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people Not Available
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments