Incident Reports

श्रीमानले गरे श्रीमतीको हत्या :: सेतोपाटी संवाददाता :: Setopati

2021-12-10

Lumbini, Rupandehi, Butwal, Ward 11

बुटवलमा आफ्नै श्रीमानको खुकुरी प्रहारबाट एक महिलाको मृत्यु भएको छ।रूपन्देहीको सैनामैना नगरपालिका वडा नं. ८ बाँसगढीकी खुमा घर्तीको भने उनकै श्रीमानले हत्या गरेका हुन्।जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले बुटवल ११ स्थित आफ्नै दिदी गोमा थापाको घरमा आएकी ३६ वर्षीय खुमाको उनकै श्रीमान ३८ वर्षीय सुकुम भन्ने सन्तबहादुर घर्तीले हत्या गरेको जानकारी दिए।

सन्तबहादुरले शुक्रबार बिहान साढे ११ बजेतिर दिदीको घरमा आएकी खुमाको घाँटीमा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए।खुकुरी प्रहारबाट गम्भीर घाइते खुमालाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिए पनि मध्यान्ह साढे १२ बजेतिर मृत्यु भएको प्रहरी नायब उपरीक्षक पौडेलले बताए।श्रीमतीमाथि खुकुरी प्रहार गरेपछि उनका श्रीमान सन्तबहादुर फरार छन्। फरार रहेका सन्तबहादुरको खोजी भइरहेको पौडेलले बताए।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments