Incident Reports

कुपन लिन आएका किसान आक्रोशित, कृषि ज्ञान केन्द्रको ढोका तोडफोड – देशसञ्चार

2021-12-10

Lumbini, Banke, Nepalgunj

नेपालगञ्ज – धान बेच्ने कुपन लिन आएका किसानको भीडले कृषि ज्ञान केन्द्र, नेपालगञ्जको प्रवेशद्वार तोडफोड गरिदिएका छन्।आफ्नो धान बेच्न कुपन लिन आएका किसानले सहजै कुपन नपाएपछि तोडफोडमा उत्रिएका हुन्। किसान बिहान आठ बजे नै कृषि ज्ञान केन्द्रमा पुगेका थिए। कार्यालयको ढोका ११ बजेपछि मात्रै खुल्यो। ठूलो संख्यामा जम्मा भएका किसान अव्यवस्थित तरिकाले अगाडि बढ्दा ढोका तोडफोड भयो।

कुपन वितरण गर्ने तरिका व्यवस्थित नहुँदा किसानले त दुःख पाए नै कार्यालयको समेत क्षति हुन पुगेको छ। किसानको भीड नियन्त्रण गर्न नसकेपछि कार्यालयले प्रहरी बोलाएको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो फौजले किसानको आवेगलाई शान्त पारे पनि कुपन वितरण भने सहज हुन सकेन।

किसानको भीडलाई हेर्दा कृषि ज्ञान केन्द्र कार्यालय परिसर र बाहिर सडकमा मेलाजस्तो देखिन्थ्यो। गनापुरका किसान रामसेवक यादवले बिहान आठ बजे आएपछि कुपन नपाएको गुनासो गरे। चलाख व्यक्तिले भने पटक–पटक कुपन लिएको देखिन्थ्यो।

एउटा कुपन लिएका किसानले ३० क्विन्टल धान बेच्न पाउने व्यवस्था गरिएको छ। अरू बेच्नका लागि अर्को कुपन लिनुपर्छ।

किसानले बजारमा सस्तोमा धान बिक्री गरिरहेका छन्। सरकारले अलि राम्रो मूल्य दिएर धान खरिद गर्दै छ। अलिकति राम्रो मूल्यमा धान बेच्न जिल्लाका विभिन्न ठाउँबाट नेपालगञ्ज आइपुगेका किसानले कुपन होइन, प्रहरीको धक्कामुक्का खाएर फर्किएका छन्। भीड थेगिनसक्नु भएपछि कृषि ज्ञान केन्द्रले अर्को मितिमा कुपन बाँड्ने भन्दै शुक्रबार कुपन वितरण रोकेको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments