Incident Reports

महिला हिंसा विरुद्ध युवाहरुको प्रदर्शन (तस्विरसहित) « News of Nepal

2021-12-11

Bagmati, Kathmandu, Kathmandu, Ward 11

१६ दिने महिला हिंसा विरुद्धको दिवसका सन्दर्भमा युवाहरुले माइतीघर मण्डलामा महिला हिंसा विरुद्ध पर्दशन गरेका छन् । ‘घर देखी सुरु गरौ, महिला हिंसा विरुद्धको हिंसा अन्त्य गरौं’भन्ने मूल नारासहितको प्रदर्शनामा युथ एड्भोकेसी नेपालको आयोजना तथा एक्सन एड नेपाल लगायतका सामाजिक संघ संस्थाहरुको सहकार्य रहेको थियो ।‘मानवअधिकारको सम्मान गर, महिला हिंसा अन्त्य गर, महिलाको सम्मान, देशको आत्मसम्मान’ लगायतका नाराहरु लेखिएको प्लेकार्ड युवाहरुले प्रदर्शन गरेका थिए ।

‘प्रदर्शनको कोणसभालाई सम्बोधन गर्दै महिलाको अधिकार सुनिश्चित गर्न युवाहरुले हातेमालो गरेर अगाडी बढ्नु पर्ने’ युवा अधिकारकर्मी सुनिता बिसुखेंले बताईन् ।महिलाहरुको अधिकारका लागि शक्ति र स्रोतमा महिलाहरुको पुरुषसरह समान पहुँच हुनु पर्ने युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले बताए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments