Incident Reports

भूपेन्द्र हत्याका आरोपीलाई धरौटीमा छाडेको विरोधमा अदालतबाहिर प्रदर्शन – Online Khabar

2021-12-13

Sudurpashchim, Kailali, Lamkichuha, Ward 3

२७ मंसिर, धनगढी । कैलालीकाे लम्किचुहा नगरपालिका-३ का भूपेन्द्र बडुवालकाे हत्यामा संलग्न भएकाे आराेपमा पक्राउ परेकाहरूलाई धराैटीमा रिहा गरेकाे भन्दै आफन्त र परिवारजनले जिल्ला अदालतबाहिर प्रदर्शन गरेका छन् । पीडित पक्षले साेमबार धनगढीमा प्रर्दशनसहित जिल्ला अदालत अगाडि धर्ना दिएका छन् । मान्छे मार्न पाइदैन, न्यायलय बिक्न बन्द गर, फरार अभियुक्तलाई इन्काउन्टर दे लगायतका नारा लगाएका छन् । जिल्ला अदालत अगाडि अहिले उनीहरू नाराबाजी गरिरहेका छन् । गत कात्तिक २३ गते टीकापुरमा धारिलाे हतियार प्रहारबाट लम्कीचुहाका भूपेन्द्रको हध्या भएको थियो । हत्या आराेपमा प्रहरीले १२ जनालाई पक्राउ गरेकाे थियाे भने अन्य ९ जना अझै फरार छन् । उक्त मुद्दामा थुनछेक बहसपछि कैलाली जिल्ला अदालतले ९ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएकाे थियाे भने तीन जना धराैटीमा छुटेका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Twosided
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments