Incident Reports

थाहा खबर: महोत्सवको विरोधमा व्यवसायीले गरे तुलसीपुर बजार बन्द

2021-12-14

Lumbini, Dang, Tulsipur

दाङ : तुलसीपुर उद्योग वाणिज्य संघमा आवद्ध विभिन्न २३ वटा उपसमितिले तुलसीपुर बजार बन्द गरेका छन्। आगामी पुस १ देखि १२ गतेसम्म तुलसीपुरमा सञ्चालन हुन लागेको महोत्सवको विरोधमा मंगलबार तुलसीपुर बजार बन्द गरिएको हो। तुलसीपुर चेम्बर अफ कमर्सले जबरजस्ती महोत्सव आयोजना गर्न लागेको भन्दै उनीहरूले मंगलबार बेलुका ५ बजेसम्म बजार बन्द गरेका हुन्।

कोरोना महामारीका कारण व्यापार व्यवसाय थला परेको समयमा महोत्सवले व्यापारीलाई झन् मर्कामा पार्ने तुलसीपुर फेन्सी व्यवसायी संघको संयोजक हरि कँडेलले बताए। उनले मेला महोत्सव मनोरञ्जनको साधनको रुपमा भए पनि पछिल्लो समय जिल्ला बाहिरबाट विभिन्न ब्यापारीहरूले गुणस्तरहीन बस्तुहरू बिक्री गर्ने गरेको भन्दै अब सधैँको लागि मेला महोत्सव बन्द गर्नुपर्ने समेत बताए। महोत्सव आयोजकसँग करिब १५ पटकसम्म लगातार रुपमा छलफल गर्दै आए पनि आफूहरूको मागलाई सम्बोधन नगरेको कँडेलले गुनासो गरे। तुलसीपुरका व्यवसायीहरूलाई धराशायी बनाएर महोत्सव सञ्चालन नगर्न आग्रह गर्दै आज पहिलो पटक विरोध स्वरूपमा तुलसीपुर बजार बन्द गराएको र यदि माग सम्बोधन नभए निरन्तर रुपमा शान्तिपूर्ण रुपमा आन्दोलन जारी राख्ने समेत उनको भनाइ छ।

त्यस्तै‚ तुलसीपुरमा प्लास्टिकका भाँडाको व्यवसाय गर्दै आएका धनश्याम भुसालले आफूहरू कोरोना महामारीका कारण मार खेप्दै आएको समयमा फेरि तुलसीपुरमा महोत्सव लगाउँदा फेरि घाटा लाग्ने दाबी गरे। उनले अहिले फेरि नयाँ कोरोना भाइरसको भेरियन्ट फेला परेको अवस्था यसरी मेला महोत्सव लगाउनु उचित नभएको तर्क गरे। उनले कोरोना महामारीको समयमा स्थानीय सरकार र प्रशासनले अनुमति दिनु नै गल्ती भएको बताए। तुलसीपुरमा व्यवसाय गर्दै आएका विमल गौतमले बजार बन्द गर्नु भन्दा पनि वार्ता र संवादबाट यसको निकास निकाल्नु पर्ने सुझाव दिए। उनले बजार बन्दका कारण दैनिक गुजारा टार्ने व्यवसायीहरूलाई समस्या परेको समेत बताए।

यता महोत्सव आयोजक तुलसीपुर चेम्बर अफ कमर्सले भने महोत्सव तोकिएकै समयमा सञ्चालन हुने बताएको छ। महोत्सवको तयारी करिब ९० प्रतिशत सकिएको भन्दै आफूहरूले व्यवसायीहरुको समस्या समाधानका लागि वार्ता र छलफल गर्दै आइरहेको चेम्बरका अध्यक्ष टोपबहादुर घर्तीले बताए। उनले कुनै पनि संघसंस्थाले मेला महोत्सव लगाउने उसको अधिकार भएकाले आफूहरूले त्यहीअनुसार सञ्चालन गर्न लागेको बताए। उनले महोत्सवमा बाहिरको भन्दा पनि स्थानीय स्तरमा उत्पादन भएका वस्तुहरुलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेकाले स्थानीयलाई नै प्राथामिकता दिने बताए।

‘के तुलसीपुरमा महोत्सव सञ्चालन गर्दैमा कोरोना महामारी हुन्छ?’ उनले प्रश्न गरे‚ ‘अहिले देशका विभिन्न ठाउँमा मेला महोत्सवहरु सञ्चालन भइरहेका छन्। पार्टीहरुको अधिवेशन चलेका छन्। जहाँ हजारौँ हजार कार्यकर्ताहरु भेला भएका छन्।’ चेम्बरका सचिव ऋषिराज भण्डारीले देशका विभिन्न स्थानमा मेला, महोत्सव तथा पार्टीका महाधिवेशन सञ्चालन भइरहेको अवस्थामा तुलसीपुर महोत्सव रोक्न खोज्नु दुर्भाग्य भएको टिप्पणी गरे।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Other governance issues
Actor 1 - Number of people N/A
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth na
Actor 2 - Number of people N/A
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments