Incident Reports

जनकपुरधाम उपमहानगरका प्रमुख लालकिशोर साहविरुद्ध वडाध्यक्षहरु आन्दोलित

2021-12-17

Madhes, Dhanusha, Janakpur, Ward 7

जनकपुरधाम उपमहानगरपालिकाका जनप्रतिनिधिहरु नगर प्रमुख लालकिशोर साहविरुद्ध आन्दोलित भएका छन् । नगरको सरसफाईमा नगर प्रमुख साह गम्भीर नभएको भन्दै वडाअध्यक्षहरू आन्दोलित भएका हुन् । शुक्रबार आफूहरुलाई नगरको समस्या सम्बन्धमा वार्ता गर्नका लागि नगरप्रमुख लालकिशोर साहले बोलाएको तर आफूहरुमाथि कुटपिट तथा दुर्व्यवहारको प्रयास गरेको भन्दै वडाअध्यक्षहरूले आपत्ति जनाएका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष जानकीराम साहले जनकपुरधाम नगरमा थुपारिएको फोहोरले दुर्गन्धित बनाएको अवस्थामा आफूहरुले पटक–पटक मेयरसँग आग्रह गरे पनि कुनै वास्ता नगर्दै उल्टै आफ्नो कार्यकक्षमा बोलाएर गुण्डाशैलीमा आफूहरुमाथि नै जाईलागेको आरोप लगाए । वडा नम्बर ३ का वडाध्यक्ष दिपेन्द्र कुमार साहले शुक्रबार बिहान ११ बजे आफूहरु मेयरसँग भेटघाट गर्न गएको बेला बाहिरबाट लठैत बोलाएर मेयरले आक्रमणको प्रयास गरेको आरोप लगाए । यसअघि पनि जनकपुरधाम नगरको सरसफाई सम्बन्धी कुरा गर्न उपमहानगरको कार्यालयमा जाँदा वडा नम्बर ४ का वडाअध्यक्ष सुदर्शन सिंह र वडा सदस्य पंकज मण्डललाई सरसफाइका कर्मचारीले दुर्व्यवहार गरेका थिए । मेयर साहको कार्यकक्षबाट वडाअध्यक्षहरु बाहिर निस्केपछि केहीबेर नगर प्रहरी र उनीहरुबीच धक्कामुक्की समेत भएको थियो । लामो समयदेखि जनकपुरधामको सरसफाईको विषयलाई लिएर जनप्रतिनिधिहरु आन्दोलित छन् । उनीहरुले गुण्डाशैलीविरुद्ध आफूहरु नझुक्ने चेतावनी दिएका छन् । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations State-level authorities for (yet to be formed) provinces
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments