Incident Reports

बाढी पीडित किसान धर्नामा

2021-12-22

Lumbini, Bardiya, Gulariya

बर्दिया — जनमत पार्टीको भातृ संगठन किसान जनमत संघले बुधबार गुलरिया नगरपालिकामा बाढी पीडित किसान परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै धर्ना दिएका छन् । यहाँ आएका किसानले गत मंसिर २ गते मन्त्रिपरिषदको निर्णयले क्षतिपूर्ति उपलब्ध गराउन निर्देशन दिएपनि अहिलेसम्म उपलब्ध नभएको भन्दै पालिकाको मुख्यगेटमा नाराबाजी गरेका थिए । संघका अध्यक्ष बच्छराम चमारले किसानलाई तत्काल क्षतिपूर्ति र राहत उपलब्ध गराउनु पर्ने बताए । उनले आफ्ना माग प्रति व्यवस्था गरिए कडा संर्घषमा उत्रने चेतावनी पत्र पालिकालाई बुझाएको बताए ।

सरकारले १ देखि १० कट्ठा जग्गा भएका बाढी पीडित किसानलाई ६५ प्रतिशत क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको थियो । यसैगरी ११ कट्ठादेखि ३ विघा खेत भएका किसानलाई ३० प्रतिशत र ३ विघामाथि २० प्रतिशत क्षतिपूर्ति उपलब्ध गराउन भनेको छ । गुलरिया नगरपालिकाका मेयर मुक्तीनाथ यादवले लगत लिने काम भइरहेको र कार्यविधि पूरा हुनासाथ क्षतिपूर्ति शिघ्र उपलब्ध गराउने बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the delivery of non-government aid programs (e.g. earthquake rehab/recon)
Actor 1 - Number of people Not Available
Actor 1 - Affiliations Janamat Party
Actor 1 - Youth unknown
Actor 2 - Number of people Not Available
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments