Incident Reports

अर्जुन हत्या प्रकरण : आठ बुँदे माग राखेर गाउँपालिका बन्द

2021-12-23

Sudurpashchim, Kailali, Janaki, Ward 9

८ पुस, धनगढी । कैलालीको जानकी गाउँपालिका-९ का २५ वर्षीय अर्जुन दासको हत्या भएको ६ दिनसम्म पनि संलग्नलाई पक्राउ गर्न नसकेको भन्दै स्थानीय वासिन्दाले बिहीबार गाउँपालिका बन्द गराएका छन् । हत्यामा संलग्नलाई आजीवन कारावास, मृतकलाई शहीद घोषणा, मृतकका छोराछोरीलाई राहत र उच्चशिक्षाको ग्यारेन्टी, परिवारको सुरक्षालगायत ८ बुँदे माग राखेर पीडित पक्षले आन्दोलन जारी राखेका छन् । मंगलबार र बुधबार टीकापुरमा विरोध प्रर्दशन गरेका उनीहरूले बिहीबार जानकी गाउँपालिका बन्द गर्नुका साथै गाउँपालिका कार्यालय घेराउ गरेका संघर्ष समितिका संयोजक ललित परियारले जानकारी दिए । बिहीबार गाउँपालिकाका वडा कार्यालयहरु पनि बन्द गरिएका छन् । गत शुक्रबार साँझ घरबाट हिँडेका अर्जुन दास घाँटी काटिएको अवस्थामा शनिबार स्थानीय अमरावती सामुदायिक वनमा मृत फेला परेका थिए । दासको हत्याको जिम्मेवारी लिएको अडियो उनकी श्रीमतीको फेसबुक म्यासेन्जरमा समेत पठाइएको थियो । सो कार्यमा संलग्न एक जना पक्राउ परेका छन् भने अरु तीन जना फरार रहेको प्रहरीले बताएको छ । घटनापछि उनीहरू गौरीफन्टा नाका हुँदै भारत प्रवेश गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले हत्यामा संलग्नहरूको पहिचान भइसकेको तर उनीहरु फरार भएकाले खोजी जारी राखिएको बताए । पीडित परिवारले हत्यामा संलग्नलाई कानुनी कारबाही र अन्य माग सम्बोधन नभएसम्म शव नबुझ्ने अडान राखेका छन् । अर्जुनको शव टीकापुर अस्पतालमा राखिएको छ । जानकी गाउँपालिकाले बिहीबार पीडित पक्षले उठाएका माग सम्बोधनका विषयमा छलफल गर्ने भएको छ । जानकी गाउँपालिका–९ का वडाध्यक्ष खकेन्द्र भण्डारीले पीडित पक्ष र स्थानीय प्रशासनसँग दिउँसो १ बजे छलफल गर्न बैठक बोलाइएको जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Secondary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments