Incident Reports

तीन विद्यालयमा तीन पार्टीको भागबन्डा, अभिभावकद्वारा तालाबन्दी

2021-12-24

Lumbini, Dang, Babai

दाङ बबई गाउँपालिकाको तीनवटा विद्यालय व्यवस्थापन समितिका लागि त्यहाँका तीन ठूला राजनीतिक दलले भागबन्डा गरे। बबई ३ मा पर्ने हंसपुर माविलाई कांग्रेस, बबई ५ मा पर्ने पदमपुर माविलाई एमाले र बबई ५ कै बबरपुर आधारभूत विद्यालयलाई माओवादी केन्द्रको भागमा पारियो। गएको वैशाखयता विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको पद रिक्त थियो। सोही सहमतिअनुसार पदमपुरमा एमालेका पूर्णबहादुर वली र हंसपुरमा कांग्रेसका टेकबहादुर वलीलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाइयो। राजनीतिक दलको सोही सहमतिअनुसार बबरपुरमा माओवादीका रमेश सुनारलाई अध्यक्ष बनाइयो। तर, बबरपुरमा भने त्यसले विवाद निम्त्यायो। कांग्रेसका एक स्थानीय नेताका अनुसार तीन विद्यालयमा तीन पार्टीको भागबन्डा भएको थियो, तर, बबरपुरमा माओवादीलाई दिँदा एमालेको सबै टिम र कांग्रेसका केही व्यक्तिले असन्तुष्टि जनाए। अध्यक्ष माओवादीलाई दिइए पनि दुईजना सदस्य एमालेलाई दिने भन्ने सहमति भए पनि एमालेले लिन नमानेको समेत उनले बताए। साथै, सोही विद्यालयको शिक्षक अभिभावक संघको अध्यक्ष कांग्रेसलाई दिइएको छ।

राजनीतिक सहमतिअनुसार भएको भन्दै बबरपुरमा माओवादीले तोकेको व्यक्तिलाई कुनै आपत्ति हुनुनपर्ने बताए। तर, त्यसो भएन। बिहीबार अध्यक्ष चयन गरेपछि शुक्रबार विद्यालयमा ताला लगाइयो। स्रोतका अनुसार एमाले र कांग्रेसका केही व्यक्तिको उक्सावटमा विद्यालयमा ताला लगाइएको हो। १७ जना अभिभावकले सामूहिक निर्णय गरेर विद्यालयमा ताला लगाएका छन्। सोही कारण शुक्रबार पठन–पाठन कार्य प्रभावित भएको छ। विभिन्न चारवटा माग राख्दै अभिभावकले तालाबन्दी गरेको गाउँपालिकाका शिक्षा शाखा उपसंयोजक जितबहादुर केसीले बताए। विद्यालयका प्रधानाध्यापक मस्तबहादुर खड्काले एकल निर्णय गरेर विद्यालय व्यवस्थापन समिति गठन गरेको भन्दै तालाबन्दी गरिएको उनले जानकारी दिए। त्यो निर्णय बदर गर्नुपर्ने, विद्यालयको आर्थिक तथा भौतिक हिनामिना भएको भन्दै त्यसको छानबिन गर्नुपर्नेलगायतका माग राखेका छन्। त्यहाँका १७ जना अभिभावकहरू सहभागी भई अभिभावकको सहमतिअनुसार समिति गठन गर्नुपर्ने र प्रअको सरुवा गर्नुपर्नेसमेत माग गरेका छन्।

राजनीतिक सहमतिअनुसार विद्यालय व्यवस्थापन समिति गठन गरिएको भन्दै यसमा आपत्ति जनाएर पठन–पाठन प्रभावित पार्न नहुने विद्यालयका प्रधानाध्यापक मस्तबहादुर खड्काले बताए।‘मैले राजनीतिक दलहरूलाई बिहीबार बोलाएँ’, उनले भने,‘राजनीतिक दलहरूको सहभागितामा विद्यालय व्यवस्थापन समिति गठन भएको हो, भागबन्डाअनुसार गरिएकाले त्यसमा आपत्ति जनाउनुपर्ने कुनै कुरा छैन।’ लामो समय विद्यालय व्यवस्थापन समितिविहीन अनि विज्ञान र गणितको शिक्षकसमेत अभाव हुँदा पठन–पाठन प्रभावित हुँदै आएको उनले बताए। सोहीअनुसार छिटो विद्यालय व्यस्थापन समिति गठन गरेर शिक्षक नियुक्तिका लागि विज्ञापन खोल्ने काम पनि सुरु गर्नुपर्ने भएकाले पटक–पटक छलफल बोलाएको भए पनि केही व्यक्तिहरूले अवरोध गर्दै आएको समेत विद्यालयका प्रधानाध्यापक मस्तबहादुर खड्काले बताए। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 17
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people Not Available
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments