Incident Reports

गहुँकाे बिउ प्रकरण : पक्राउ गरेकालाई रिहाइकाे माग गर्दै गाउँपालिकामा तालाबन्दी

2021-12-24

Madhes, Siraha, Aurahi, Ward 3

कर्मचारीले वितरणमा ढिलाइ र बदमासी गरेको भन्दै सिराहाका किसानले अनुदानमा बाँड्न राखिएको गहुँको बिउ आफैँ झिकेर लगेको घटनामा प्रहरीले किसानलाई पक्राउ गरेको विरोधमा प्रर्दशन गरिएको छ। औरही गाउँपालिका– ३ का किसानले प्राथमिक स्वास्थ्य केन्द्रको गोदाममा राखिएको करिब दुई सय बोरा गहुँको बिउ गत मंगलबार बिहान लगेका थिए। किसानले बिउ लगेपछि औरही गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय सिराहामा बुधबार उजुरी गरेको थियो। उजुरीको आधारमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। औरही गाउँपालिका– ३ का मिथिलेश यादवलाई पक्राउ गरी आपराधिक उपद्रोअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डिएसपी सुभास बुढाथोकीले बताए। पक्राउको विरोधमा औरही गाउँपालिका कार्यालयमा तालाबन्दीसँगै स्थानीय किसानहरूले प्रदर्शन गरेका छन्। किसानउपरको दमन बन्द गर्, किसानलाई आवश्यक मलखाद र बिउको व्यवस्था गर्, गिरफ्तार किसानलाई रिहा गर् र किसानउपरको मुद्दा फिर्ता गरलगायतका नारासहित प्रर्दशन गरेका छन्। बाँसको भाटासहित गाउँपालिकाको मुख्य प्रशासनिक भवनमा तालाबन्दी गर्दै उनीहरूले गाउँपालिका अध्यक्षविरुद्धमा नाराबाजीसमेत गरेका छन्।

औरही गाउँपालिकाले आफ्नो भौगोलिक सीमाभित्रका किसानलाई पूर्ण अनुदानमा वितरण गर्न गौतम, विजय र एनएल–९७१ प्रजातिको गहुँको बिउ ल्याएको थियो । टेन्डर प्रक्रियाबाट गत २९ मंसिरमा दुई हजार ६ सय ४० क्विन्टल बिउ ल्याइएको भए पनि वितरण हुन सकेको थिएन। गहुँ छर्ने समय भइसक्दा पनि बिउ वितरणमा ढिलाइ भएको भन्दै आक्रोशित किसानहरूले भण्डारण गरिएको गोदामवबाट आफैँ बिउ लिएर गएका थिए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people Not Available
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people Not Available
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments