Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-12-21

Madhes, Saptari, Kanchanrup, Ward 11

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिरहुत गाउँपालिका–५ बुदेवा टोलका २० वर्षीय अफजल मियाँलाई पुस ९ गते गिरफ्तार गरेको छ । कञ्चनरूप नगरपालिका–११ सिमरास्थित सुन्दरी खोला छेउमा बाख्रा चराउन गएकी बालिकालाई पुस ६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षको उजुरीपछि प्रहरीले आरोपितलाई गिरफ्तार गरेको जनाएको छ । पीडित पक्षले इलाका प्रहरी कार्यालय, कञ्चनरूपमा पुस ६ गते दिएको उजुरी सोही दिन दर्ता गरिएको इलाका प्रहरी कार्यालय, कञ्चनरूपका डिएसपी रामकुमार यादवले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस ६ गते गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments