Incident Reports

सर्लाहीमा प्रहरीको गाडीमा आगजनी

2021-12-27

Madhes, Sarlahi, Ishworpur

१२ पुस, जनकपुरधाम। व्यवसायीको मृत्युको विषयलाई लिएर विरोधमा उत्रिएको समूहले सर्लाहीमा प्रहरीको गाडी जलाएका छन् । प्रदर्शनकारीले ईश्वरपुर नगरपालिका कार्यालय परिसरमा रहेको बा.१ झ ७४८२ नम्बरको इलाका प्रहरी कार्यालय हरिपुरको जीपमा आगजनी गरेका हुन् । आगलागीबाट गाडीको अधिकांश भाग जलेको छ । प्रदर्शनकारीले गाडीमा आगजनी गरेपछि प्रहरीले उनीहरुलाई लखेट्न केही राउन्ड अश्रुग्याँस फायर गरेको सर्लाहीका प्रहरी प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । उनका अनुसार गाडीमा आगजनीबाट झन्डै ५ लाख बराबरको क्षति भएको छ । इलाका प्रहरी कार्यालय केशरगञ्जको गस्तीमा हिँडेको भ्यानले आइतबार राति ९ बजेतिर ईश्वरपुर नगरपालिका-७ मा ठक्कर दिँदा ना. ४३ प ५०१८ नम्बरको मोटरसाइकलमा सवार ईश्वरपुर नगरपालिका-५ का व्यवसायी रामकुमार महतोको मृत्यु भएको थियो । प्रहरीले भने महतोले चलाइरहेको मोटरसाइकल ट्रकलाई ओभरटेक गर्ने क्रममा आफैं प्रहरीको भ्यानमा ठोक्किएको जनाएको छ । प्रदर्शनकारीहरुले रातको समयमा भएको घटना प्रहरीले लुकाएको आरोप लगाउँदै बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Extra-judicial response to traffic accidents
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments