Incident Reports

जनमत पार्टीले गरुडामा गर्‍यो मसाल जुलुस प्रदर्शन

2021-12-28

Madhes, Rautahat, Garuda

किसान आन्दोलन गरिरहेको जनमत पार्टीले रौतहटको गरुडामा मसाल जुलुस प्रदर्शन गरेको छ। जनमत पार्टी रौतहटले बुधबार रौतहटमा आम हड्ताल घोषणा गरेको र त्यसको पूर्वसन्ध्यामा मंगलबार साँझ मसाल जुलुस प्रदर्शन गरेको हो। जनमत पार्टीका जिल्ला अध्यक्ष रामेश्वर राय यादवको नेतृत्वमा गरुडामा गरिएको मसाल जुलुसमा करिब दुई दर्जन कार्यकर्ता सहभागी थिए। मूल सडकमा मसाल जुलुस प्रदर्शन गर्दा प्रहरीले खोस्ने प्रयास गरे पनि छेउछाउबाट उम्केर प्रहरीलाई प्रदर्शनकारीले छल्न सफल भएका थिए। सर्लाहीमा पनि जनमत पार्टीले गतिविधि अगाडि बढाएको छ। रौतहटमा पनि बुधबारको आम हड्ताललाई सफल बनाइने जनमतका कार्यकर्ताहरुले बताएका छन्। रौतहटमा किसान आन्दोलनको नाममा पहिलो आम हड्ताल भएकोले सफल बनाउन पार्टीले आन्तरिक सबै तयारी गरिसकेको जनमतका नेता कार्यकर्ताहरुले बताएका छन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Janamat Party
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments