Incident Reports

बालिका बलात्कार आरोपमा २० वर्षीय युवक पक्राउ

2021-09-25

Province 1, Dhankuta, Dhankuta

बालिका बलात्कार गरेको आरोपमा धनकुटा नगरपालिका ९ छिम्सुवाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय १० वर्षीया बालिकालाई गत असोज ९ गते बलात्कार गरी फरार भएका २० वर्षीय सरोज भनिने गोपी बस्नेत शुक्रबार पक्राउ परेको प्रहरीले जनाएको छ । उनलाई नेपाल-भारत सीमा क्षेत्रबाट प्रहरीले पक्राउ गरेको जनाएको छ ।

गोठालो गएको बेला बस्नेतले बालिकालाई बलात्कार गरेको र त्यसबारे पीडित पक्षले उजुरी दिएपछि फरार भएको बताइएको छ । प्रहरी प्रवक्ता डिएसपी सुरज कार्कीका अनुसार सीमा क्षेत्रमा लुकीछिपी बस्दैआएको अवस्थामा आरोपीलाई पक्राउ गरिएको हो ।

अभियुक्त बस्नेतलाई जबरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालतमा म्याद थप गरिएको जनाइएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments