Incident Reports

केएमसीविरुद्ध विद्यार्थीहरुको प्रदर्शन : ‘विद्यार्थी लुट्न पाइदैन’ (तस्वीर) « News24 : Premium News Channel

2022-01-05

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)ले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् । केएमसीले विभिन्न शीर्षकमा विद्यार्थीहरूबाट २० लाख रुपैयाँ अतिरिक्त शूल्क माग गरेको भन्दै राजधानीको माइतीघर मण्डलामा भेला भएर नयाँ बानेश्वरसम्म विरोध -याली निकालेका हुन् ।

अतिरिक्त शुल्क माग गरेपछि विद्यार्थीहरूले कलेजमा तालाबन्दीसमेत गरेका छन् । कलेजलाई चिकित्सा शिक्षा आयोगले तोकेको शूल्क लिएर पढाउन आग्रह गर्दा पनि नमानेको विद्यार्थीहरूको गुनासो छ ।

प्रदर्शनमा सहभागी विद्यार्थीहरुले ‘अतिरिक्त शूल्क खारेज गर’, ‘दादागिरी बन्द गर’, ‘अनिवार्य होस्टेल बन्द गर’, ‘आयोगको नियम लागू गर’, ‘विद्यार्थी लुट्न पाइदैन’, ‘विद्यार्थीको भविष्य सुनिश्चित गर’लगायतका नारा लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other economic issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments