2022-01-07
Province 1, Jhapa, Shivasataxi, Ward 9
झापाको शिवसताक्षी नगरपालिकास्थित एक महिलाले काम गरेर घर फर्कने क्रममा अनुहारमा नकाब लगाएको एक अज्ञात पुरुषले बलात्कार प्रयास गरेको बताएकी छन् ।
झापाको शिवसताक्षी नगरपालिका-९ दुधेकी ती महिला घर बनाउने मजदुरी गर्छिन्। काम सकेर घर फर्कँदै गर्दा शुक्रबार साँझ करिब ६ बजे उनीमाथि बलात्कार प्रयास भएको थियो ।
‘साइटमा काम गरेर फर्किँदै थिएँ । कालो कपडाले अनुहार छोपेको मान्छेले मुख छोपेर बलात्कार गर्ने प्रयास गर्यो,’ ती महिलाले बताइन् । उनका अनुसार पुरुषको कान्छी औंला टोकेर उनी त्यहाँबाट उम्किएकी थिइन् । ‘मलाई लडाएर दुर्व्यवहार गर्न खोज्दै थियो । औंला टोकेपछि मेरो मुखको हात छुट्यो, गुहार माग्न थालेपछि भाग्यो,’ उनले भनिन् ।
साइकल चढेर आएका ती व्यक्ति महिला चिच्याउन थालेपछि चप्पल र साइकल छाडेर भागेको महिलाले बताएकी छन् ।
घटनापछि आरोपीलाई खोजबिन गरी कारबाहीको माग गर्दै पीडित परिवार इलाका प्रहरी कार्यालय झिलझिलेमा उजुरी दिन गएको थियो । तर, प्रहरीले उजुरी नै गर्न नदिएको पीडितका बाबुले गुनासो गरेका छन् । ‘उजुरवाजुर केही चाहिँदैन हामी मान्छे खोज्छौं भनेर प्रहरीले पठाउनुभयो । हामी त चौकीमै साइकल बुझाएर फर्कियौं ।’
दुई वर्षअघि बिहे गरेकी ती महिलाको एक सन्तान पनि छ । उनी हाल माइती घरमै बस्दैआएकी र घर बनाउने श्रमिकको रुपमा कार्यरत रहेकी छन्।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Rape Attempt |
Weapons | None |
Primary Cause | Rape/sexual assault |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | unknown |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 MARCH 1 - 15, 2021
March 25, 2021
GBV / Governance / Covid-19