Incident Reports

महिलाकाे नग्न तस्बिर र भिडियो सार्वजनिक गर्ने धम्की दिने युवक पक्राउ

2022-01-28

Bagmati, Kathmandu, Kathmandu

महिलाको नग्न तस्बिर र भिडियो सार्वजनिक गर्ने धम्की दिएको आरोपमा कास्की रुपा गाउँपालिका–७ सिस्नेरी का ३१ वर्षीय मुक्ति खनाल भन्ने मुक्तिनाथ खनाल पक्राउ परेका छन् ।

वैदेशिक रोजगारबाट फर्कने क्रममा उनलाई शुक्रबार महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालय एयरपोर्टको समन्वयमा साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

प्रहरी प्रधान कार्यालयको साइबर ब्युरोले विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार वैदेशिक रोजगारमा रहँदा सामाजिक सञ्जाल फेसबुकमार्फत ललाइफकाई, धाक धम्की डर त्रास र प्रलोभनमा पारेर पीडित महिलाको लिएको नग्न तस्बिर र भिडियो सार्वजनिक गरी दिने भनि धम्की दिएको आरोपमा उनलाई पक्राउ गरेको हो ।

उनीमाथि विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता भई फरार रहेका उनलाई शुक्रबार विमानस्थलबाट पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments