Incident Reports

१३ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा १ जना पक्राउ

2022-01-30

Lumbini, Bardiya, Thakurbaba, Ward 6

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी (बलात्कार) गरी गर्भवती बनाएको आरोपमा बर्दिया प्रहरीले १ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–६ बस्ने ४१ वर्षीय मनिराम थारु छन्। प्रहरीका अनुसार थारुले १३ वर्षीया बालिकालाई आफ्नो घरमा एक्लै भएको अवस्थामा डरत्रास देखाइ घरभित्रै बलात्कार गरेका थिए। उनले उक्त कुरा कसैलाई भनेमा मारेर फालिदिने भन्दै धम्की समेत दिएका थिए।

बालिकाले आफू बलात्कृत भएको कुरा कसैलाइ नभने पनि पेट दुखेपछि नजिकको क्लिनिकमा गएर जाँच गराउँदा गर्भवती भएको पत्ता लागेको थियो। प्रहरीका अनुसार पीडितले यही माघ १६ गते बालिकालाई जन्म दिएपछि घटना बाहिर आएको हो।

पीडित पक्षको उजुरीपछि जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले थारुलाई पक्राउ गरेको हो। पक्राउ परेका थारुविरुद्ध जबरजस्ती करणीको कसूरमा जिल्ला अदालतबाट म्याद लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments