Incident Reports

बसोवासको आधारमा लालपुर्जा वितरण गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

2022-02-07

Bagmati, Kathmandu, Kathmandu

२४ माघ, काठमाडौं। बसोवासको आधारमा लालपुर्जा वितरण गर्न माग गर्दै सुकुम्बासीहरुले काठमाडौं प्रदर्शन गरेका छन् । सोमबार संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको अगुवाइमा उनीहरुले काठमाडौंको माईतीघरमण्डलादेखि बिजुलीबजारसम्म विभिन्‍न नारासहित प्रदर्शन गरेको हो ।

कार्यक्रममा बोल्दै मोर्चाका अध्यक्ष कुमार कार्कीले बसोवासको आधारमा लालपुर्जा वितरण तथा स्थायी विकल्पबिनाको उठिवास सदाका लागि बन्द गर्न सम्बन्धित निकायलाई दबाबमूलक प्रदर्शन गरेको बताए ।

उनले एउटा सरकारले लालपुर्जा दिन फर्म भर्ने, अर्को सरकार उठीबासको सूचना टाँस्दै हिँडेकोले सरकारको द्वेधचरित्रकोबिरुद्धमा ध्यानाकर्षण गराएको बताए । अध्यक्ष कार्कीले अधिकार प्राप्तिको निम्ति प्रदर्शन गर्दा प्रशासनले छेक्ने काम गरेको आरोपसमेत लगाए ।

उनले सरकारले सुकुम्बासीहरुका झुपडी भत्काउने काम गरेकोले त्यसतर्फ ध्यानाकर्षण गराएको र राजनीतिक दलहरुले आफ्नो घोषणापत्रमा भने बमोजिम सुकुम्बासीका समस्या समाधान गर्नुपर्ने बताए ।

अध्यक्ष कार्कीले सरकारले सुकुम्बासीहरुको समस्या तत्काल सम्बोधन नगरे देशभर प्रदर्शन गर्ने चेतावनीसमेत दिए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Access/control of public land
Actor 1 - Number of people N
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments