Incident Reports

बलात्कार आरोपमा ११ वर्षीय बालक पक्राउ

2022-02-12

Province 1, Morang, Kanepokhari, Ward 5

मोरङ – मोरङको कानेपोखरी गाउँपालिकामा बलात्कारको आरोपमा ११ वर्षीय बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीका अनुसार गाउँपालिका ५ मा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बालकलाई शनिबार नियन्त्रणमा लिइएको हो।

खेल्ने क्रममा बालकले छिमेकीको घरमा लगेर बालिकामाथि बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको उनको भनाइ छ। प्रहरीले शनिबार बेलुका नै बालकलाई नियन्त्रणमा लिएको छ।

प्रहरी उपरीक्षक जिसीका अनुसार पीडित बालिकाले घटनाबारे अभिभावकलाई जानकारी गराएकी थिइन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरी प्रमुख जिसीले बताए। उनले बालकलाई बाल सुधार गृहमा राखेर अनुसन्धान गर्ने जानकारी दिए।

पीडित बालिका र पीडक बालक दुवैलाई उपचार र स्वास्थ्य परीक्षणका लागि विराटनगरस्थित कोशी अस्पतालमा भर्ना गरिएको छ। अपराधमा संलग्न १० वर्षमुनिका बालबालिकालाई कानुनी कारबाही गर्न नमिले पनि १० वर्षभन्दा माथिकालाई भने कानुनअनुसार कारबाही हुने व्यवस्था छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments