Incident Reports

धामीको भेषमा बलात्कार गरेको आरोपमा पक्राउ

2022-02-17

Lumbini, Dang, Tulsipur, Ward 19

८ फागुन, दाङ । दाङमा धामी/झाँक्रीको भेषमा महिला र बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

आफू शिवको भक्ति र दैविक शक्ति प्राप्त गरेको भन्दै तुलसीपुर–१९ की एक महिला र १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका-१८ ग्वारखोला खैरेनी टोल बस्दै आएका ३५ वर्षीय गोपाल विकलाई पक्राउ गरेको हो ।

तुलसीपुर इलाका प्रहरी कार्यालयका अनुसार विकले आफूलाई दैविक शक्तिले छोएको बताउँदै झारफुक गर्ने बहानामा तुलसीपुर उपमहानगरपालिका–१८ की एक स्थानीय महिलाको घरमा पुगेका थिए । ती महिलालाई त्रिशुलले प्रहार गरी कपाल काटेर त्रशित बनाउँदै घरभित्र बलात्कार गरेका थिए ।

सोहीक्रममा उनकी भान्जीलाई पनि पानी माग्नेक्रममा बलात्कार गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले जानकारी दिए । विकले माघ २९ गते दुईजनालाई बलात्कार गरेको आरोप छ ।

पीडित पक्षले फागुन ५ गते दिएको आधारमा विकलाई लुकिछुपी बसेको अवस्थामा तुलसीपुर–१९ दूधरासबाट पक्राउ गरिएको अर्यालले बताए । विकविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा मुद्दा चलाएर थप आवश्यक कारबाही अघि बढाइएको इप्रकाका प्रहरी नायव उपरिक्षक अर्यालले बताए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 2
Female Raped 2
Youth Raped 1
National/Online Media

0 Comments