Incident Reports

महोत्तरीमा सात वर्षीया बालिका बलात्कृत

2022-03-25

महोत्तरीमा एक सात वर्षीया बालिका बलात्कृत भएकी छिन्। आमा बुवा इँटाभट्टामा काम गर्न गएको वेला छिमेकी मामा पर्ने व्यक्तिले चकलेटको लोभ देखाई बालिकालाई आफ्नै कोठामा लगी बलात्कार गरेको प्रहरीले जनाएको छ। बलात्कार आरोपित मकवानपुर बागमती नगरपालिका–८ राहीगाउँ घर भई सोही इँटाभट्टामा काम गर्दै आएका २० वर्षीय राजेश लामालाई प्रहरीले पक्राउ गरेको छ। घटनापछि बस चढी भाग्दै गर्दा प्रहरी चौकी हात्तिलेटको सहयोगमा लामालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको महोत्तरी प्रहरीले जनाएको छ। घटनाको पाँच दिनपछि चैत्र १६ गते साँझ बालिकाले आमासँग पिसाब फेर्न समस्या भएको बताएपछि घटना सार्वजनिक भएको हो। आमाले छोरीलाई नुहाइदिन लाग्दा गुप्तांगमा चोट देखेर बालिकालाई सोधखोज गरेपछि उनले घटनाबारे बताएकी थिइन्। सोलगत्तै चैत्र १७ गते बिहानै प्रहरीलाई खबर गरेपछि आरोपित भागेको र प्रहरीले हात्तिलेटबाट नियन्त्रणमा लिएको थियो। समाजमा बलात्कारका घटनाको भयावह अवस्थालाई जलेश्वर कारागारमा रहेका कैदीको तथ्यांकले प्रस्ट पार्छ। जलेश्वर कारागारको चैत्र २६ गते शनिबारसम्मको तथ्यांक हेर्दा कारागारमा रहेका ५९१ कैदीमध्ये एक सयजना बलात्कार तथा ६ जना बलात्कार प्रयास घटनाका कैदी रहेका छन्। उनीहरूमध्ये केही फैसला भएर कैद भुक्तान गर्दै छन भने केही पुर्पक्षका लागि कारागारमा राखिएका हुन्।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments