Incident Reports

बिरामीले हवाई टिकट नपाउँदा प्रशासनमा धर्ना

2022-05-23

हुुम्ला, जेठ ९ गते । जिल्ला अस्पताल उपचार गर्न नसकिने भन्दै बाहिर रेफर गरिएका बिरामीले हवाई टिकट नपाउँदा बिरामी र आफन्तद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना दिनुभएको छ । बिरामी र आफन्त उपचार गर्न जानका लागि टिकटको व्यवस्था गर्नका लागि प्रशासनमा धर्ना दिनुपरेको हो । बिरामी पन्चे कामीले केही गरे पनि टिकट नपाएपछि अन्तिममा प्रशासनमा गुहार्नु परेको बताउनुभयो । आइतबार बिरामी कामीलाई अस्पतालले जिल्ला बाहिर रिफर गरेको भए पनि टिकट नपाएर जिल्लामै बस्नु परिरहेको छ । सोमबार तारा एयरको जहाजले उडान भरे पनि उहाँले जान पाउनुभएन । शनिबार जिल्ला अस्पतालमा भर्ना हुँदा उपचार हुन नसकेपछि जेठ ८ गते जिल्ला अस्पतालले बिरामी कामीलाई उपचारका लागि जिल्ला बाहिर जान सिफारिस ग-यो । तर हवाई टिकट नपाउँदा बिरामीलाई बोकेर बस्ने कोठामा फर्कनु परेको बिरामीका छोरा रुपेश टमटाले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘बुबाको आँखा पहेँला भएको र कलेजोमा जटिल समस्या आएपछि जिल्ला अस्पतालले इमरजेन्सिमा रेफर गरेका बिरामीलाई नउडाएर पहुँजका भरमा एयरलाइन्सका कर्मचारीले अन्यलाई टिकट वितरण गरेको हो ।’’

तारा एयरको पहिलो फलाइटमा टिकट भने पनि दोस्रो फलाइटमा उडाउने भनेर आश्वासन दिए तर पछि उडान रद्द भएको भनेर जवाफ आएपछि बिरामीलाई घर फर्काउन बाध्य भएको छोराले दुःख पोख्नुभयो । टिकट नपाएर घर फर्कनु परेपछि बिरामीका परिवारले जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्नु परेको हो । बिरामी र आफन्त सबै बस्दै सहायक प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा पुगेर रुदै टिकटका लागि अनुरोध गर्नु भएको छ । सो विषयमा सहायक प्रमु जिल्ला अधिकारी अनुपम पौडेलले नियमित हवाई उडान नहुनु पहिलो समस्या भएको बताउनुभयो । तर पनि बिरामीलाई नेपालगञ्ज तथा सुर्खेतसम्म उडानका लागि आफ्नो पहिलो प्रथामिकता रहेको उहाँले बताउनुभयो । २०७८ साल चैत पहिलो हप्तादेखि कलेजोमा समस्या भएर संकटमा परेका खार्पुनाथ गाउँपालिका–३ राया गाउँका कामी बिरामी पर्नुभएको थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments