Incident Reports

मुल्‍य वृद्धिविरुद्ध खाली सिलिन्डर राखेर मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन

2022-05-24

Province 1, Morang, Biratnagar

१० जेठ, विराटनगर । इन्धनको मुल्यवृद्धिको विरोधमा प्रदेश- १ को मुख्यमन्त्री कार्यालय अगाडि उपभोक्ताले खाली सिलिन्डर राखेर प्रदर्शन गरेका छन् । खाना पकाउने ग्यासमा सिलिन्डर २ सय रुपैयाँ, पेट्रोलिय पदार्थमा प्रतिलिटर १० रुपैयाँ वृद्धि भएको थियो । मुल्य वृद्धिको विरोधमा मंगलबार विराटनगरस्थित मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । मनलाग्दी भएको मुल्य वृद्धिले सर्वसाधारणलाई सास्ती भएपछि प्रदर्शनमा उत्रिएको उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले बताए । संघीय सरकारले मुल्य वृद्धि गर्दा प्रदेश सरकार चुप लागेर बसेको भन्‍दै खाली सिलिण्डर राखेर प्रदर्शन गर्नु परेको उनले बताए । प्रदर्शनका क्रममा स्थानीयले मुल्यवृद्धि तत्काल फिर्ता गर्न पनि माग गरेका छन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments