Incident Reports

रुकुम घटनाका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन

2022-05-24

काठमाडौँ — रुकुम पश्चिमको भेरी नगरपालिका–४ का नवराज विश्वकर्मासहित उनका साथीहरू लोकेन्द्र सुनार, सन्दीप विश्वकर्मा, गणेश बुढा, टीकाराम सुनार र गोविन्द शाहीको हत्या भएको दुई वर्ष पूरा भइसकेको छ । उक्त घटनालाई लिएर संसदमा पनि प्रश्न उठ्यो । दोषीमाथि कडा कारबाही गर्न लागि विभिन्न संघसंस्था र नागरिक अगुवाहरूले निरन्तर दबाब दिँदै आएका छन् । २०७७ को जेठ ३१ गतेदेखि एक सातासम्म लगाएर सांसदहरूको टोलीले स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदनमा उक्त घटना संगठित र योजनाबद्ध रुपमा भएको निष्कर्ष निकालिएको छ ।तैपनि घटना भएको दुई वर्ष बित्दासमेत पीडित परिवारले न्याय पाउन सकेका छैनन् । सोही घटनाका पीडित परिवारसहित अभियानकर्मी तथा नागरिक अगुवाहरूले मंगलबार माइतीघरमा दोषीलाई कारबाही गरी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments