Incident Reports

जिपको ठक्करले बालकको मृत्युपछि आफन्तद्वारा प्रदर्शन

2022-05-26

Lumbini, Bardiya, Gulariya, Ward 11

बर्दिया — गुलरिया नेपालगन्ज सडक खण्ड अन्तर्गत गुलरिया—११ डल्लापुरमा पिकअप जिपको ठक्करबाट एक बालकको मृत्यु भएपछि स्थानीय र आफन्तले चक्काजाम गर्दै सडक अवरुद्ध पारेका छन् । उनीहरूले सडकमा काठ तेर्स्याएर प्रदर्शन गरेका हुन् । पीडित पक्षले अहिले सडकमा ठाउँठाउँमा काठ तथा ढुंगा राखेर सडक अवरुद्ध पारेका हुन् । पीडित पक्षले दोषीमाथि कडा बारबाही माग गर्दै पीडितलाई क्षतिपूर्ति माग गरेका छन् । बिहीबार करिब ५ बजे पूर्वबाट गुलरियातर्फ आइरहेको बा १ ञ १९०३ नम्बरको पिकअप जिपले ठक्कर दिँदा ११ वर्षीय बालक लवकुश यादवको मृत्यु भएको थियो । प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाका अनुसार अहिले पीडित पक्षसँग छलफल भइरहेको छ । उक्त जिप विद्युत प्राधिकरण गुलरियाको भएको डीएसपी सापकोटाले जानकारी दिए । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । साथै घटनास्थलमा अहिले प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Extra-judicial response to traffic accidents
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments