Incident Reports

किशोरी बलात्कृत, गर्भवती भएपछि घटना सार्वजनिक

2022-05-28

Sudurpashchim, Baitadi, Melauli, Ward 2

बैतडी। बैतडीमा एक किशोरी बलात्कृत भएकी छन् ।

मेलौली नगरपालिका घर भएकी अन्दाजी १६ वर्षीया किशोरी बलात्कृत भएकी हुन्। गत २०७८ साल फागुन महिनामा किशोरी बलात्कृत भएपनि अहिले मात्रै जाहेरी आएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयाे ।

बलात्कारबाट किशोरी गर्भवती भएको थाहा भएपछि मात्रै बलात्कारको घटना बाहिर आएको हो। किशोरीमाथि मेलौली नगरपालिका २ का २२ वर्षीय अशोकबहादुर चन्दले बलात्कार गरेको आरोप लागेको छ। आराेेपित चन्द फरार रहेका र पीडित किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा चन्दको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ।

आराेपित चन्द गएको स्थानीय तहको निर्वाचनमा म्यादी प्रहरी भएर कामसमेत गरेको खुल्न आएको प्रहरीले बताएकाे छ। पीडित किशोरी अहिले आफन्तकै संरक्षणमा रहेको प्रहरीले जनाएको छ।

गत २०७८ साल फागुन महिनामा खर्क गईरहेकी किशोरीलाई चन्दले दिउँसोको समयमा जवरजस्तीकरणी गरेकाे पीडितका आफन्तकाे आराेप रहेकाे छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments