Incident Reports

कुटाइबाट गर्भ तुहिएपछि एक पक्राउ

2022-06-08

Madhes, Saptari, Tilathi Koiladi, Ward 4

सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका– ४ मा छिमेकीको कुटाइबाट स्थानीय २२ वर्षीया रञ्जुदेवी मण्डलको गर्भ तुहिएको घटनामा संलग्न भएको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेका अनुसार पीडितको जाहेरीको आधारमा ३९ वर्षीय शिवशंंकर मण्डल पक्राउ परेका हुन् । आरोपित अर्का एकजना भने फरार रहेको काफ्लेले बताए । कुटपिटका कारण अत्यधिक रक्तस्राव भएपछि सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा जचाउँदा गर्भ खेर गएको थियो । उक्त विषयमा नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि प्रहरीले चासो दिएको थियो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people `
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments