Incident Reports

सामान्य प्रशासनमन्त्री श्रेष्ठमाथि कार्यकक्षमै हातपात

2022-06-09

Bagmati, Kathmandu, Kathmandu

सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि सिंहदरबारस्थित मन्त्री कक्षमै हातपात भएको छ । जसपाका सांसद रामबाबु यादवले मन्त्री यादवमाथि हातपात गरेका हुन् । बिहीबार मन्त्रीको कार्यकक्षमा पुगेका सांसद यादव आफ्नो क्षेत्रमा बजेट नहालेको भन्दै मन्त्रीमाथि भौतिक हमलामा उत्रिएका थिए । मन्त्री श्रेष्ठमाथि हातपात हुन थालेपछि उनका पिएसओले बचाउ गरेका थिए । यद्यपि, मन्त्री श्रेष्ठका स्वकीय सचिव सुरज महर्जनले मन्त्रीमाथि हातपात भएको नभई चर्काचर्की मात्र भएको बताए । उनले भने, ‘चर्काचर्की मात्र भएको हो, हात हालाहाल भएको भन्ने कुरा हल्ला मात्र हो ।’ जसपाका निलम्बित सांसद हरिनारायण रौनियार पनि त्यसबेला मन्त्रालयमै रहेका थिए । श्रेष्ठ जसपाबाटै सामान्य प्रशासनमन्त्री बनेका हुन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Janata Samajbadi Party
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments