Incident Reports

गुल्मीमा श्रीमतीलाई बलात्कार गरेको अभियोगमा श्रीमान पक्राउ

2022-06-12

Lumbini, Gulmi, Madane, Ward 4

बुटवल : गुल्मीमा श्रीमतीलाई बलात्कार गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन्। गुल्मीको मदाने गाउँपालिका-४ की २४ वर्षीया महिलाले आफ्नै श्रीमानले बलात्कार गरेको उजुरी दिएपछि ती पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डीएसपी माधवराज खरेलले जानकारी दिए । ती महिलाले शनिवार जिल्ला प्रहरी कार्यालयमा बलात्कारको जाहेरी दिएकी थिइन्। पीडित महिलाको उजुरीका आधारमा ती पुरुषलाई पक्राउ गरिएको डीएसपी खरेलले बताए। उक्त दम्पतीका दुई सन्तानसमेत छन्। प्रहरीले पीडित र पीडक दुवैको नाम भने गोप्य राखेको छ। प्रहरीका अनुसार ती महिलाले आफ्नो श्रीमानले डर धम्की देखाई पटक-पटक आफ्नो ईच्छा विपरीत यौन सम्पर्क गर्ने गरेको जाहेरीमा उल्लेख गरेकी छन्। उनको जाहेरीका आधारमा वैवाहिक बलात्कार मुद्दामा अनुसन्धान भइरहेको डीएसपी खरेलले बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments