Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-06-07

Karnali, Jumla, Sinja, Ward 2

३७ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा सिंजा गाउँपालिका–२ विष्टवाडाका ५५ वर्षीय अग्नीप्रसाद धमला शर्मालाई प्रहरीले जेठ २४ गिरप्तार गरेको छ । प्रहरीले आरोपितकै घरबाट गिरफ्तार गरेको हो । पीडित महिलालाई आरोपित शर्माले ०७८ साउन २२ गते जुम्लादेखि नेपालगंज हुँदै काठमाडौँ उपचार गर्न गएको अवस्थामा बलात्कार गरेको पीडित पक्षले उजुरीमा उल्लेख गर्नु भएको छ । बलात्कार गरेको आरोपमा पीडित पक्षले ०७८ साउन २७ गते प्रहरी बृत्त बालाजु काठमाडौमा उजुरी दिएका थिए । बलात्कार घटनाका आरोपित शर्मा फरार रहेका थिए । काठमाडौँ जिल्ला अदालतबाट वैशाख ५ गते २५ दिने पक्राउ पूर्जी जारी गरेको जुम्लाका डिएसपी नरेन्द्र चन्दले बताउनु भयो । उहाँले भन्नु भयो फरार रहेका आरोपितलाई अनुसन्धानकै क्रममा जिल्ला प्रहरी कार्यालय र नराकोट प्रहरी चौकीको टोलीले खोजतलास गर्दा गिरफ्तार गरेका हुन् । गिरफतार गरेको दिन जेठ २४ गते हवाईजहाजमार्फत जुम्लादेखि नेपालगज्ज हुँदै काठमाडौँ पठाएको जिल्ला प्रहरी कार्यालय, जुम्लाले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments