Incident Reports

धनकुटामा श्रीमतीमाथि खुर्पा प्रहार

2022-06-13

Province 1, Dhankuta, Chaubise, Ward 5

धनकुटा — धनकुटाको चौबिसे गाउँपालिका–५ हमेलामा एक शिक्षकले आफ्नै श्रीमतीमाथि खुर्पा प्रहार गरेका छन् । ३३ वर्षीय जसन तामाङले २८ वर्षीया श्रीमती सुनितालाई सोमवार राति खुर्पा प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी चिरञ्जीवि दाहालले बताए । तामाङ स्थानीय मछिन्द्रदेवी आधारभूत विद्यालयका स्थायी शिक्षक हुन् । सुनिता रगताम्मे अवस्थामा छिमेकीको शरणमा पुगेर ज्यान जोगाएको स्थानीयले बताए । उनको बायाँ खुट्टा, दायाँ हात र शरीरका विभिन्न भागमा चोट लागेको छ । गम्भीर घाइते अवस्थामा उद्धार गरी राति नै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको छ । घटनामा सम्लग्न तामाङलाई मौनाबुधुकबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । घरायसी विवादका कारण घटना भएको प्रहरीको भनाई छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता दाहालले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments