Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-03-19

Gandaki, Baglung, Nisikhola

१५ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले निसीखोलाका ७५ वर्षीय ज्येष्ठ नागरिकलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७८ चैत ५ गते बलात्कार गरी गर्भवती बनाएको भन्दै पीडित पक्षले जेठ ३१ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा लिखित उजुरी दिएपछि प्रहरीले बिकलाई जेठ ३१ गते गिरफ्तार गरेको हो । पीडित बालिकाको स्वास्थ्यमा समस्या आएपछि जेठ २५ गते प्रथामिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा उपचार गर्न पुगेकी बालिकाको स्वास्थ्य परीक्षणको क्रममा गर्भवती भएको पुष्टी भएपछि सोधपुछ गर्दै जाँदा बलात्कारमा परेको खुलेको हो । घरमा कोही नभएको समयमा डर धम्की देखाएर बलात्कार गरेका आरोपितले घटनाबारे कसैलाई भने ज्यान मार्ने धम्की दिएको पीडित बालिकाले बताएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी इन्द्रबहादुर रानाले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ३१ गते धौलागिरी अस्पताल बागलुङमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments