Incident Reports

धनगढीमा इन्धनको मूल्य वृद्विको विरोधमा राँके जुलुस

2022-06-20

Sudurpashchim, Kailali, Dhangadhi

६ असार, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रदर्शन गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसम्बद्व अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपाल धनगढी उपमहानगरपालिका कमिटिले संयुक्त रूपमा राँके जुलुससहित विरोध प्रदर्शन गरेका हुन् । धनगढी बजारमा रहेको महालक्ष्मी विकास बैँक नजिकैबाट मुख्यमन्त्री कार्यालयसम्म राँके जुलुससहित विरोध प्रदर्शन गरेका उनीहरूले मुख्यमन्त्री त्रिलोचन भट्ट र प्रधानमन्त्री शेरबहादुर देउवाविरूद्व नाराबाजी समेत गरेका छन् । मुख्यमन्त्री कार्यालय अगाडि आयोजना गरिएको विरोध सभालाई सम्बोधन गर्दै अनेरास्ववियुका नगर अध्यक्ष नितिस जोशीले देउवा सरकारले अचाक्ली रूपमा बृद्वि गरेको पेट्रोलियम पर्दाथको मूल्य तत्काल फिर्ता लिन माग गरे भने फिर्ता नलिएसम्म संघर्षका कार्यक्रम जारी राख्ने बताए । कोण सभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपालका नगर संयोजक अविशेक नाथ ‘लोकु’ले पनि देउवा सरकारले पटक-पटक इन्धनको मूल्य बृद्वि गरेर जनताको ढाड सेक्ने काम गरेकाले बढाएको मूल्य फिर्ता लिन माग गरे ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments